News Portal

  • सरकारलाई चुनौती दिँदै पूर्वराजदूत रायमाझी स्पेनमै शरणार्थी बन्दै

    दीपेन्द्र गजुरेल
    ४३९ पटक

    स्पेन : स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि उहाँ सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बस्नुभएको छ । मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उहाँलाई नेपाल फिर्ता बोलाउने निर्णय गरेको थियो।

    मन्त्रिपरिषद्को निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावासलाई पत्राचार गरेकोमा रायमाझीले परराष्ट्रको निर्देशनलाई अवज्ञा गर्नुभएको छ । परराष्ट्रले तोकेको समयसीमाअनुसार उहाँ माघ २ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने थियो । स्वदेश फर्कन केही समय थप गर्न आग्रह गर्दै रायमाझीले परराष्ट्रलाई पत्राचार गरे पनि उहाँको माग अस्वीकार गर्दै तोकिएकै मितिमा फर्कन निर्देशन दिइएको स्रोतले बताएको छ ।

    पदमुक्त भए पनि उहाँ म्याड्रिडको राजदूत निवासमा राजदूतको सुविधा लिएर बसिरहनुभएको छ । उहाँले निवास नछोडेपछि बिजुली, पानी, इन्धन, टेलिफोन पूर्ववत् अवस्थामा प्रयोग भइरहेकाले राज्यलाई ठूलो व्ययभार थपिएको दूतावासका अधिकारी बताउँछन्।अब त उहांको हैसियत पूर्वराजदूतको भइसक्यो तर उहाँ दूतावासकै खर्चमा आफ्नो र परिवारको औषधि उपचार गराइरहनुभएको छ’ –दूतावास स्रोतले भन्यो । यस सम्बन्धमा रायमाझीसँग पटक–पटक प्रतिक्रिया लिन खोज्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन ।

    मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नु उहाँको पनि नैतिक दायित्व रहेको तर निर्णय नै अटेर गरेपछि परराष्ट्रले सोझै एक्सन लिनुपर्ने दूतावास अधिकारी बताउँछन् । यसबारेमा जिज्ञासा राख्दा दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले भन्नुभयो– ‘दूतावासले अब मन्त्रालयको निर्देशन अनुसार आफ्नो काम कारबाही अघि बढाउँछ ।

    सरकारले रायमाझीलाई फिर्ता बोलाएपछि पौडेलले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्नुभएको छ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न मन्त्रालयले स्पेन दूतावासमा पत्राचार गरिसकेकाले यसबारेमा राजदूत अनविज्ञ नहुनुपर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो । ‘फिर्ता हुन ३ हप्ताको समय उपलब्ध गराएकोमा उहाँलाई जानकारी भइसकेको हुँदा उपयुक्त समयमै फर्किनेमा मन्त्रालयले विश्वास लिएको छ’ –पौडेलले भन्नुभयो ।

    पूर्वराजदूत रायमाझीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा किर्ते बिल प्रयोग गरी हिनामिना गरेको उजुरी समेत परेको छ । स्पेनबासी नेपालीले भने उहाँले स्पेन सरकार समक्ष शरणार्थीको निवेदन दिएर यतै बसोबास गर्न चाहेको अनुमान गरेका छन् । स्मरण रहोस् बेलायतका लागि तत्कालीन राजदूत मुरारीराज शर्माले आफ्नो पदावधि सकिएपछि बेलायत सरकारसमक्ष शरणार्थी घोषणाको माग गरेर नेपाल नफर्की उतै बस्नुभएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...

    श्री पशुपतिनाथ शन्तानेश्वर महादेव मन्दिरको भव्य उद्घाटन सम्पन्न

    समीर कुमार अधिकारी (द्रुपद)/ काठमाडौं १० –  २०८२ साल कात्तिक ९ गते, आइतबार (पंन्चमी तिथी)...