News Portal

सल्यानका स्थानीय तहले अझै बुझाएनन् पहिलो चौमासिक प्रतिवदेन

हिमाली संचार संवाददाता
४७८ पटक

सरिता चलाउने
सल्यान : सल्यानमा दोस्रो चौमासिक सकिन थोरै समय हुँदा समेत जिल्लाका स्थानीय तहले पहिलो चौमासिक प्रतिवदेन बुझाउन सकेका छैनन् । दोस्रो चौमासिकको निकासा लिएर धमाधम काम गर्नु पर्ने समयमा पनि उनीहरुले पहिलो चौमासिकको प्रतिवदेन बुझाउन नसकेका हुन ।

जिल्लाका तीन स्थानीय तह शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउँपालिका बाहेक अन्य सात स्थानीय तहले पहिलो चौमासिकको प्रतिवदेन नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जनाएको छ ।

पहिलो चौमासिकको प्रतिवदेन बुझाउन नसकेपछि दोस्रो चौमासिकको रकम निकासा गर्न नमिल्ने कोलेनिका सल्यानका सूचना अधिकारी वृद्धिमान बस्नेतले बताए । उनले भने हामीले मंसिर पहिलो हप्ताभित्र पहिलो चौमासिकको प्रतिवेदन बुझाउन पत्राचार गरेका थियौ तर एक महिना भन्दा बढि भईसक्दा समेत तीन तह बाहेक अन्यले बुझाउन सकिरहेका छैनन ।

प्रतिवेदन नबुझाएका अन्य स्थानीय तहका कारण प्रतिवदेन बुझाएका तहलाई रकम निकासा गर्न समेत समस्या भएको बस्नेतको भनाई छ । जिल्लाका सबै तहमा एकैपटक दोस्रो चौमासिक निकासा गरौला भनेर कुरियो तर सात तहले नबुझाउदा बुझाएका तहको पनि निकासा रोकिएको छ उनले भने ।

पहिलो चौमासिक भित्र पर्ने साउन, भदौ, असोज र कात्तिक महिनामा कुन कुन योजनाको लागि कति बजेट खर्च भयो ? कति बजेट खर्च हुन बाँकी छ ? कति बजेट खर्च हुने अन्तिम चरणमा छ जस्ता कुरा उल्लेख गरिएको विवरण सहितको प्रतिवेदन तयार पारेर दोस्रो चौमासिकको लागि रकम माग गर्नु पर्ने हुन्छ तर पहिलो चौमासिकको प्रतिवेदन बुझाउन ढिलाई हुँदा दोस्रो चौमासिकको रकम निकासा हुन सकिरहेको छैन ।

पहिलो चौमासिकको प्रतिवदेन नआएसम्म दोस्रो चौमासिकको रकम निकासा गर्न नमिल्ने सूचना अधिकारी बस्नेतको भनाई छ ।

पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको र तलव भत्तामात्र खर्च भएको अहिले विकास बजेट खर्च भई रहेकाले प्रतिवेदन बुझाउन ढिलाई भएको कुमाख गाउँपालिका निमित्त प्रमुख प्रशासनिकय अधिकृत विनोद अधिकारीले बताए ।

पहिलो चौमासिकमा उपभोक्ता समिति गठन, सम्झौता लगायतका कार्य हुने भएकाले विकास बजेट खर्च हुन नसक्ने र शोही बजेट बची रहेकाले प्रतिवदेन बुझाएर दोस्रो निकासाको माग नगरेको उनको भनाई छ । समुदायमा हुने कार्य अहिले भईरहेकाले केही समयभित्रै कोलेनिकामा पहिलो चौमासिकको प्रतिवेदन बुझाएर दोस्रो चौमासिकको लागि रकम निकासा गरिने अधिकारीको भनाई छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...