News Portal

सल्यानका स्थानीय तहले अझै बुझाएनन् पहिलो चौमासिक प्रतिवदेन

हिमाली संचार संवाददाता
५२२ पटक

सरिता चलाउने
सल्यान : सल्यानमा दोस्रो चौमासिक सकिन थोरै समय हुँदा समेत जिल्लाका स्थानीय तहले पहिलो चौमासिक प्रतिवदेन बुझाउन सकेका छैनन् । दोस्रो चौमासिकको निकासा लिएर धमाधम काम गर्नु पर्ने समयमा पनि उनीहरुले पहिलो चौमासिकको प्रतिवदेन बुझाउन नसकेका हुन ।

जिल्लाका तीन स्थानीय तह शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउँपालिका बाहेक अन्य सात स्थानीय तहले पहिलो चौमासिकको प्रतिवदेन नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जनाएको छ ।

पहिलो चौमासिकको प्रतिवदेन बुझाउन नसकेपछि दोस्रो चौमासिकको रकम निकासा गर्न नमिल्ने कोलेनिका सल्यानका सूचना अधिकारी वृद्धिमान बस्नेतले बताए । उनले भने हामीले मंसिर पहिलो हप्ताभित्र पहिलो चौमासिकको प्रतिवेदन बुझाउन पत्राचार गरेका थियौ तर एक महिना भन्दा बढि भईसक्दा समेत तीन तह बाहेक अन्यले बुझाउन सकिरहेका छैनन ।

प्रतिवेदन नबुझाएका अन्य स्थानीय तहका कारण प्रतिवदेन बुझाएका तहलाई रकम निकासा गर्न समेत समस्या भएको बस्नेतको भनाई छ । जिल्लाका सबै तहमा एकैपटक दोस्रो चौमासिक निकासा गरौला भनेर कुरियो तर सात तहले नबुझाउदा बुझाएका तहको पनि निकासा रोकिएको छ उनले भने ।

पहिलो चौमासिक भित्र पर्ने साउन, भदौ, असोज र कात्तिक महिनामा कुन कुन योजनाको लागि कति बजेट खर्च भयो ? कति बजेट खर्च हुन बाँकी छ ? कति बजेट खर्च हुने अन्तिम चरणमा छ जस्ता कुरा उल्लेख गरिएको विवरण सहितको प्रतिवेदन तयार पारेर दोस्रो चौमासिकको लागि रकम माग गर्नु पर्ने हुन्छ तर पहिलो चौमासिकको प्रतिवेदन बुझाउन ढिलाई हुँदा दोस्रो चौमासिकको रकम निकासा हुन सकिरहेको छैन ।

पहिलो चौमासिकको प्रतिवदेन नआएसम्म दोस्रो चौमासिकको रकम निकासा गर्न नमिल्ने सूचना अधिकारी बस्नेतको भनाई छ ।

पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको र तलव भत्तामात्र खर्च भएको अहिले विकास बजेट खर्च भई रहेकाले प्रतिवेदन बुझाउन ढिलाई भएको कुमाख गाउँपालिका निमित्त प्रमुख प्रशासनिकय अधिकृत विनोद अधिकारीले बताए ।

पहिलो चौमासिकमा उपभोक्ता समिति गठन, सम्झौता लगायतका कार्य हुने भएकाले विकास बजेट खर्च हुन नसक्ने र शोही बजेट बची रहेकाले प्रतिवदेन बुझाएर दोस्रो निकासाको माग नगरेको उनको भनाई छ । समुदायमा हुने कार्य अहिले भईरहेकाले केही समयभित्रै कोलेनिकामा पहिलो चौमासिकको प्रतिवेदन बुझाएर दोस्रो चौमासिकको लागि रकम निकासा गरिने अधिकारीको भनाई छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...