News Portal

बिचौलियालाई अदालतको अवहेलनामा कारवाही : प्रधानन्यायाधीश जबरा

हिमाली संचार संवाददाता
४६० पटक

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताएका छन् ।

पत्रकारको टोलीसँग आइतबार भएको भेटमा उनले न्याय सम्पादनमा अदालतको गरिमामा आँच पुर्‍याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तर्गत कारवाही गरिने बताए ।

‘विचौलिया कुना–कुनामा, टेबल–टेबलमा, बेञ्च बञ्चैमा घुसेको छ, यसको उन्मुक्ति हुनुपर्छ, विचौलियालाई कर्मचारी, कार्यसम्पादन र प्रक्रियामा रोक्छौं’, प्रधानन्यायाधीश जबराले भने, ‘घुसपैठ गरेर न्याय सम्पादन गरेमा अदालतको गरिमामा आँच पुर्‍याउने कार्य गरेको भनेर अदालतको अवहेलनातर्फ कारवाही गर्न लक्षित छौँ ।

प्रधानन्यायाधीश राणाले उच्च अदालत विराटनगरका पाँच न्यायाधीशको कार्यसम्पादनमा प्रश्न उठेको हुनाले अध्ययनका लागि न्याय परिषदमा ल्याएको उल्लेख गर्दै सुक्ष्म निगरानी अध्ययन समहूले ल्याएको प्रतिवेदनमा कमीकमजोरी देखिएको हुँदा थप अध्ययनका लागि परिषद्का कामकाजमा ल्याएको स्पष्ट पारे । विराटनगरका पाँच न्यायाधीशलाई उचित कार्यसम्पादन नभएको उल्लेख गर्दै यही माघ ३ गते न्याय परिषद्मा काज सरुवा गरिएको थियो ।

वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई जिम्मेवारी नदिएको विषयमा प्रधानन्यायाधीश जबराले भने, ‘संस्थाले वरिष्ठ न्यायाधीशबाट पाउने योगदान के हो ? संस्थालाई दिनुपर्ने ठाउँमा उहाँले संस्थाबाट खोज्नुभएको छ, त्यसले गर्दा समस्या छ, तर संविधानले दिएको अधिकार कसैले रोक्दैन ।

नेपाल बार एशोसिएशनले पनि वरिष्ठ न्यायाधीश जोशीको विषयमा चासो देखाएको विषयमा उनले अदालत र बारको सरोकार एउटै भएको र दुवैको अन्तिम गन्तव्य न्यायका लागि भएको स्पष्ट पारे । रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...