News Portal

साउदिमा दुर्घटनामा परि ज्यान गुमाएका स्याङ्जाका बेगबहादुरका परिवारलाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
४४९ पटक
ओम पाण्डे

साउदीअरेबिया : वैदेशीक राजगारको लागि काठमाडौं स्थित ब्लु स्काइ म्यानपावर मार्फत साउदी पुगेका नेपाली युवाको गत नोभेम्बर २७ मा आँफैले चलाएको गाडी (फोर्कलिफ्ट) ले किचेर मृत्युु भएको थियो। लगभग डेढ महिनाको अथक प्रयास र रियाद स्थित नेपाली राजदुताबासको सक्रियतामा पार्थिब शरीर गत जनवरी ७ मा स्वदेश पुगेको छ।

मृत्यु हुने युवा चापाकोट नगरपालिका- ४, भन्टाबारी स्याङ्जाका ३३ बर्षिय बेगबहादुर थापा(पदम) हुन। साउदी अरब स्थित अल्मराई कम्पनिको central processing plant (CPP3) मा कामको सिलसिलामा आंफैले चलाएको गाडी पल्टेर किचेको थियो र उपचारको क्रममा मृत्यु भएको थियो।

यस्तो दुखद परिस्थितिमा परिवारको लागि सहयोगार्थ भनी अल्मराई कम्पनिको विभिन्न शाखा अन्तर्गत अल्खर्ज सेल्स, CPP को विभिन्न डिपार्ट, फार्म डिभिजन, बेकरी डिभिजन, रियाद, हायल, जेद्दा साथै अल्खर्ज क्षेत्रको नेपाली एकता समाजबाट CPP को नेपाली कमिटिको विशेष पहलमा ७३,४०४ साउदी रियाल (नेपाली रुपैयाँ एक्काईस लाख अट्ठाइस हजार सात सय सोर्‍ह) संकलन गरेर घरमा सासू बुहारिको नाममा हकवाला दुइ छोराहरु राखेर नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोल्न लगाई खाता न.04105050274685 मा उठेको सम्पुर्ण रकम पठाइसकिएको जनाईएको छ।

स्व.यम बहादुर थापा र धनकुमारि थापाको छोरा मृतक बेगबहादुरको श्रीमती दुर्गा थापा, दुई छोराहरु दिलिप र दिप्सन थापा रहेका छन भने उनको एक भाइ तथा तिन दिदिबहिनीहरु रहेका छन। यस्ता कामहरु नेपाली कमिटिले गर्दै आएको छ र गरिरहने छ भनी कमिटिका सचिब नाथन शर्माले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...