News Portal

  • नेपथ्यको हात, डा.गोविन्द केसीलाई साथ !

    हिमाली संचार संवाददाता
    ४१७ पटक
    सन्जिब कोयी

    माघ ६, आईताबार।
    पुर्वाञ्चलमा कन्सर्ट आयोजना गर्ने १६ बर्षको अन्तराल पछि नेपालकै चर्चित लोकप्रिय लोकरक ब्यान्ड ‘नेपथ्य’ संगै पुर्वाञ्चलको पल्लो किरात फिदिममा दर्शक माँझ पहिलो पल्ट नेपथ्यले माघको चिसो मौसम गर्माएका विभिन्न समाचार माध्यमहरुले प्रथामिकताका साथ संम्प्रेशन गरी रहेको छन्।प्रकृतिक सौदर्यले तद्मन्यताले सिगारिएको पुर्वाञ्चलको रानी पाचथर र ताप्लेजुङ सभ्यताको खानी पनी हो।

    प्राचीन ऐतिहासिक महत्वका सदरमुकाम फिदिम विभिन्न जिल्लाबाट ६ हजार भन्दा बढी दर्शक १६ औ पटक सत्याग्रह, १० दिन अधिबाट इलाममा अनसनरत डाक्टर गोविन्द केसीको समर्थन गर्दै उनकै समर्थनस्वरूप “तिमी देउ तिम्रो हातहरु, म दिन्छु मेरा हातहरु…” लोकप्रिय गीतबाट आफ्ना प्रस्तुति दिएका अमृत गुरुङले लोकप्रिय २० भन्दा बढी गीत गाउदा ड्रममा ध्रुव लामा, किवोर्डमा सुरज थापा, बेस गिटारमा सुविन शाक्य, गिटारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीको साथ दिएका रहेछन् भनेश्री सुम्हालुङ यूथ क्लवले आयोजना गरेको थियो।

    “झिसमिसे विहानीले केही लिएर आउछन् र सन्ध्याकालीन साँझ पख केही दिएर जान्छन्” माथेमा कार्यदलको प्रतिवेदनको कार्यन्यन भए पनी निश्चित मेडिकल कलेजहरुमा नेताहरुको लगानी रहेकाले उनीहरुको पक्षमा काम गरेको हुनाले डा. गोविन्द केसी असन्टुष्टि छन्। डा. केसीले समझौता विपरीत संसदको शिक्षा तथा स्वाथ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदमा पठाएको भन्दै पुन सत्याग्रह सुरु गर्नु भएको थियो।

    हाम्रो समाजमा विभिन्न चरणको राजनैतिक खिचातानी,स्वार्थको कारणले मुलुक धेरै पछाडी धकेलिएको छ। नेपालको भौगोलिक वनावटले गर्दा विभिन्न विकट जिल्लाहरु, दुरदराजका गाउहरुमा अझै पनी स्वास्थ्य, शिक्षा जनताको पहुँच भन्दा बाहिर छ। स्वाच्छ हावा पानी र अर्गानिक खान-पान साथै गाउघरमा स्वाथ्य रहे पनी स्वाथ्य सेवा सुविधा भन्दा टाढा रहेका छन्। गाउघरमा अझै पनी धोडा, गाई बस्तुले खाने खुल्ला ढिके नुनले मानव शरीरलाई अतिबस्यक आयोडीनको मात्रा नरहेको खुल्ला ढिके नुनले विहान बेलुकी छाक टार्न बाध्य छ। दुरदराजका गाउधरका गरिब युवाहरुले उनीहरुको इच्छा,चाहाना अनुरूपको शिक्षा लिनबाट बञ्चित हुदै आएका रहेका छन्।

    राजनैतिक खिचातानी र स्वार्थको कारणले गर्दा नै डा. केसीको माग संग तालमेल नमिलेको हो। हिजो हात्ती छाप चप्पल, फाटेका कछाड, दौरासुरुवाल र मैला कमिजमा राजधानी छिरेका हाम्रा नेताहरु आज विशाल महल साथै सम्पुर्ण सेवा सुविधा संगै विलासिताको जीवन बाच्दै उपभोग गरि रहेका छन्।

    महोदयहरु गरिब र अभावको जीवन संगै राजधानी छिर्दै गर्दा त्यही अभाव र गरिबको कारणले शिक्षा लिनबाट स्वयम् बञ्चित भएका तीतो अनुभव रहदा रहदै पनी आज राजनैतिक स्वार्थीपनाको कारणले यस्तो संबेदनशील महत्वकांक्षा मागको कार्यन्यन नहुदा दुख लागेको छ। आफुलाई प्रजातन्त्रको महान हस्ति भनेर मुलुक रित्याउने नेपाली कांग्रेस अस्पष्ट नीतिका कारण स्वयम् आफै रणभूलमा देखिन्छ।

    नेकपा भने सर्वहारा जनताको प्रत्येक माग संबोधन पुरा गरीदिने आश्वासन दिएर नेपाली जनताले आबश्यक दुई तिहाईको बहुमतले सरकार गठन गर्न दिए पनी आन्तरिक खिचातानी शक्ति र सत्ताका लिप्तहरुले कुनै ठोस निर्णय लिन सकी रहेका छैनन्।

    कहिले ३३ किलोको भारी त कहिले निगमको वाईडवडी भ्रष्ट कान्डले माहौल स्थिर छ। माथेमा कार्यदलको प्रतिवेदनको पुर्ण कार्यन्यन गर्दै माफिया प्रथा निस्तेज पार्नु पर्दछ। तिमी साच्चै जननेता हौ भने संविधान संसोधन गरेर भ्रष्टचार गर्ने भ्रष्टचारीलाई मृत्यु डण्डको सजाय हुने संविधान संसोधन गर, दोषी प्रमाणित भए मृत्युडण्ड सजाय कार्यन्यन गर! यस्तो ऐतिहासिक कार्य गर्यौ भने तिमी साच्चै जननेता ठहरिनेछौ। यस्तो पवित्र कार्य भएमा जनताको पक्षमा वकालत गरेको प्रमाणित हुनेछ। नया नेपालको नया ईतिहास साथै विश्वको उत्कृष्ट संविधान धोषणा गरियोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...