News Portal

कांग्रेसका ‘भाइसर’लाई धुम्बाराहीमा भब्य स्वागत

हिमाली संचार संवाददाता
३९८ पटक

काठमाडौं : पूर्वसांसद तीर्थराज भुसाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । काठमाडौंको धुम्बाराहीमा शनिबार आयोजित कार्यक्रममा भुसाल नेकपामा प्रवेश गरेका हुन् । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुसाललाई नेकपामा प्रवेश गराएका हुन् ।

नेपाली कांग्रेस चितवन जिल्लाका पूर्वसभापतिसमेत रहेका भुसालले केही समय यता कांग्रेस विरोधी गतिविधिमा संलग्न रहँदै आएका थिए ।

रिपब्लिक दैनिकका अनुसार भुसाल ०४९ सालमा नेपाली कांग्रेसको चितवन जिल्ला सभापति भएका थिए । ०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र ०५१ सालको निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए ।

पूर्वसांसद भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपामा प्रवेश गरेको बताएका छन् । ‘नेपाली कांग्रेसले मुलुकको समृद्धि गर्न सकेन, सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्न सक्छ’, भुसालले भनेका छन्, ‘ओली र दाहालको निर्देशनलाई कार्यान्वयन गर्न लाग्नेछु ।

कांग्रेसलाई चितवनमा समाप्त पार्ने खेलामा लागेपछि भुसाललाई कांग्रेसका नेता तथा कार्यकर्ताले बहिस्कार गर्दै आएका थिए । प्रतिनिधि सभाको निर्वाचनमा पूर्वसांसद भुसालले प्रचण्डको पक्षमा भोट मागेर हिँडेका थिए । त्यस बेला चितनव कांग्रेसका नेता तथा कार्यकर्ताले भुसाललाई प्रचण्डसँग मोटो रकम लिएर सहयोग गरेको आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...