News Portal

कांग्रेसका ‘भाइसर’लाई धुम्बाराहीमा भब्य स्वागत

हिमाली संचार संवाददाता
४४३ पटक

काठमाडौं : पूर्वसांसद तीर्थराज भुसाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । काठमाडौंको धुम्बाराहीमा शनिबार आयोजित कार्यक्रममा भुसाल नेकपामा प्रवेश गरेका हुन् । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुसाललाई नेकपामा प्रवेश गराएका हुन् ।

नेपाली कांग्रेस चितवन जिल्लाका पूर्वसभापतिसमेत रहेका भुसालले केही समय यता कांग्रेस विरोधी गतिविधिमा संलग्न रहँदै आएका थिए ।

रिपब्लिक दैनिकका अनुसार भुसाल ०४९ सालमा नेपाली कांग्रेसको चितवन जिल्ला सभापति भएका थिए । ०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र ०५१ सालको निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए ।

पूर्वसांसद भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपामा प्रवेश गरेको बताएका छन् । ‘नेपाली कांग्रेसले मुलुकको समृद्धि गर्न सकेन, सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्न सक्छ’, भुसालले भनेका छन्, ‘ओली र दाहालको निर्देशनलाई कार्यान्वयन गर्न लाग्नेछु ।

कांग्रेसलाई चितवनमा समाप्त पार्ने खेलामा लागेपछि भुसाललाई कांग्रेसका नेता तथा कार्यकर्ताले बहिस्कार गर्दै आएका थिए । प्रतिनिधि सभाको निर्वाचनमा पूर्वसांसद भुसालले प्रचण्डको पक्षमा भोट मागेर हिँडेका थिए । त्यस बेला चितनव कांग्रेसका नेता तथा कार्यकर्ताले भुसाललाई प्रचण्डसँग मोटो रकम लिएर सहयोग गरेको आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...