News Portal

नेपाली काँग्रेस नगर कमिटीको बैठकमा स्थानीय नेताहरुको चर्को आलोचना

हिमाली संचार संवाददाता
३७१ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नेपाली काँग्रेस पार्टिको नगर वैठक सम्पन्न भएको छ । नेपाली काँग्रेस पार्टि नगर कमिटीको प्रत्येक महिनाको पहिलो शनिबार नगर कमटिको बैठक वस्ने गरेको छ ।

बनगाड कुपिण्डे नगरपालिकामा नेपाली काँग्रेस पार्टि कमजोर अवस्थामा रहेकोले यसलाई सुधार गर्नका लागि पार्टिको गतिविधीलाई व्यापक पारिएको जनाएको छ ।

नेपाली काँग्रेस नगर कमटिको वैठकमा केन्द्रीय सदस्य डिल्ली रेग्मी,नेपाली काँग्रेसका पुर्व सल्यान जिल्ला सभापति धुर्वराज पुरी,शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी लगाएतका नेताहरुले पार्टिका कार्यकर्ता तथा पार्टि सदस्यहरुलाई उक्त बैठकमा प्रशिक्षण दिनु भएको छ ।

बनगाडमा पार्टिको अवस्था मजवुद वनाउन सवै तह तप्काका भार्ति संगठनहरु क्रियाशिल हुन र अगुवा नेताहरुको कार्यशैलीमा व्यापक फेरवदल हुन निर्देशन दिएको छ ।

बनगाड कुपिण्डेका नेपाली काँग्रेसका अगुवा नेताहरुको कार्यशैलीमा कार्याकर्ताले चर्को विरोध जनाएका छन् । स्थानीय नेताहरुबाट नै पार्टि कमजोर भएको र गल्त गतिविधी गर्नेलाई पार्टिले कारवाहि गर्न समेत माग गरिएको छ ।

पार्टि भित्र अनुशासन हिनता काम गर्नेलाई जति सक्यो चाँडो कारवाहि गर्न कार्यकर्ताले माग गरेका छन् । बैठकमा वौल्दै जिल्ला नेताहरुले सवैको आचारण सुरधारण गर्न अनुरोध गरेको जनाएको छ ।

पार्टिलाई शसक्त पार्न आन्तरिक गतिविधीलाई टोल टोल सम्म पुर्याउन जोड दिएको छ । स्थानीय तहमा नेकपाका गल्त गतिविधीको डटेर सामाना गर्न समेत निर्देशन दिएको वताएको छ । बनगाड कुपिण्डे नगर सभापति टोपवहादुर भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे।

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...