News Portal

नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतको दोस्रो वार्षिकोत्सव सम्पन्न

हिमाली संचार संवाददाता
५४५ पटक

कुवेत  : नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतको दोस्रो वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ । कुवेतको फर्वानिया स्थित युनिक अडोटोरियम हलमा सांगितीक कार्यक्रमका साथ सँस्थाले आफ्नो दोस्रो वार्षिक उत्सव भब्य रुपमा सम्पन्न गरेको हो ।

नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतका अध्यक्ष सुन बहादुर तामांगको सभापतित्वमा सम्पन्न वार्षिकोत्सवका प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका राजदुत यज्ञ बहादुर हमाल रहेका थिए भने बिषेश अतिथिमा राजदुत धर्मपत्नी रीता हमाल , गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमीत्रा पौडेलको रहेको थियो । , कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम सभापती, प्रमुख अतिथी, बिषेश अतिथी, अतिथीहरुको सामुहिक रुममा दिप प्रज्जलन गरी साथै केक काटी कार्यक्रमको उद्घघाटन गरीयको थियो । कार्यक्रम संयोजक सुजन घिसिङ्ले उपस्थित अतिथिहरुलाई मन्तब्यबाट स्वागत गरेका थिए ।

कार्यक्रमलाई दुई चरणमा बाँडीयको थियो । पहिलो चरणको औपचारीक कार्यक्रम सुरेस ग्वाया तामांगले संचालन गरेका थिए भने दोश्रो चरणको सांगितीक कार्यक्रम रेसम लामा र भुमिराज राईले संयुक्त रुपमा संचालन गरेका थिए ।

कार्यक्रममा नेपाली राजदुतावास कुवेतका राजदुत यज्ञ बहादुर हमाल ,गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमीत्रा पौडेल ,नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतका संरक्षक राम कुमार श्रेष्ठ , नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतका सल्हाकार कोशराज राई , संघिय समाजबादी फोरम नेफेसो कुवेतका अध्यक्ष प्रकास चाम्लिंग , आदिवासी जनजाती महासंघ नेपाल कुवेत साखाका अध्यक्ष अमृत तामांग , लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमाल , गैर आवासीय नेपाली संघ कुवेतका सल्लाहकार सुरज मास्के लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

बक्ताहरुले सँस्थाले कुवेतमा रहेको नेपाली समाजमा गरेका राम्रा कामहरुको प्रसंसा गरेका थिए । आउँदा दिनहरुमा अझै राम्रो काम गर्न सुझाब दिएका थिए ।

दोस्रो चरणको सांगितीक कार्यक्रममा स्थानिय कलाकार हरुको जोडदार प्रस्तुतीले उपस्थित अतिथि हरुलाई भरिपूर्ण मनोरन्जन प्रदान गरेको थियो । कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई निशुल्क स्वादिष्ट नेपाली परीकार आलु केराउको अचार तथा सेलरोटी स्वागत गरिएको थियो भने कार्यक्रम पश्चात निवास सम्म पुग्नको लागी निशुल्क यातयातको ब्यबस्था पनी गरियको थियो ।

राजदुत दम्पतीलाई सम्मान तथा बिदाई 

नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतले कदर पत्रका साथ दोसल्ला ओडायर नेपाली राजदुतावास कुवेतका राजदुत यज्ञ बहादुर हमाल र राजदुत धर्मपत्नी रिता हमाल लाई सम्मान तथा बिदाई गरेको छ ।

राजदुत हमाल कार्यअबधी समाप्त भइ नेपाल फर्किन लागेका हुन् । कुवेतको कार्यअबधीमा नेपाल र नेपालीहरुको हितमा इमान्दारिता साथ एक असल राष्ट्र सेवकको रुपमा निरन्तर सेवारत रहको भनी उक्त कार्यको उच्च मुल्यांकन गर्दै नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतले सम्मान गरेको हो । सँस्थाले आफ्नो उत्कृष्ट सदस्य हरुलाई कदर पत्रका साथ खादाले सम्मान गरेको थियो । सम्मान पाउनेहरुमा खगेन्द्र चौधरी र राजु केसी रहेका थिए ।

नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतको दोस्रो वार्षिकोत्सव तथा सांगितिक कार्यक्रमका सभापती सुन बहादुर तामांगले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिन हरुमा पनि यस्तै सहयोगको अपक्षा गर्दै कार्यक्रम समापन भयको घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...