News Portal

रक्सि पोख्दा पत्रकार सम्मेलन : ३ किलो सुन पक्रदा वेवास्ता, कता हरायो सुन ?

हिमाली संचार संवाददाता
६२२ पटक
दिपक बुढा

सुर्खेत, ३ माघ ।
अघि पछि घरेलु मदिरा पोख्दा पत्रकार सम्मेलन गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेत तीन किलो सुन चोर पक्रँदा पत्रकार सम्मेलन गर्न आवश्यक ठानेको छैन । भारतबाट चोरी गरेर ल्याएको ३ दसमलब ८७ केजी सुनसहित एक दम्पतिलाई सुर्खेत प्रहरीले पुस २४ गते पक्राउ गरेको थियो । पुस ११ गते भारतको बंगलोरबाट चोरी गरेर ल्याएको सुन र हिरासहित ४७ वर्षका मंगल शाही र उनकी श्रीमती शौभाग्य शाहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका ९ गडेगाउँ स्थायी ठेगाना भएका मंगललाई कालिकोटबाट र शौभाग्यलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको हो । तर जिल्ला प्रहरी कार्यालयले मंगल शाहीलाई कालिकोटबाट नै पक्राउ गरेको थियो । सौभाग्य वीरेन्द्रनगरमा पक्राउ परेसंगै नेपाली र भारतीय प्रहरीको टोली कालिकोट गइ सुनका गहनाहरु नियन्त्रणमा लिएको थियो ।

चोरी आरोपमा प्रहरी हिरासतमा रहेका मंगलका नजिकका आफन्तले मंगलको घरबाट आफुले ल्याएको सबै सुन प्रहरीले ल्याएको दाबी गर्छन । चोरी आरोपमा प्रहरी हिरासतमा रहेका मंगलको घरबाट ल्याएको सबै सुन प्रहरीले ल्याएको दाबी गर्छन । ‘उनले बैंग्लोरबाट ल्याएको तीन किलो सुन प्रहरीले मेरो घरबाट बरामद गरेर ल्याएको हो ।’ आफन्तले भने, ‘तर यहाँ प्रहरीले आधा सुन मात्रै फेला परेको बताएको छ । कालिकोटबाट ल्याइएको सुन बाटैमा प्रहरीले गायब गरेको छ ।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतको भूमिका पनि शंकास्पद नै देखिएको छ । ‘मदिरा पोख्दा ठूलो पत्रकार सम्मेलन गर्ने प्रहरीले पत्रकार सम्मेलन गरेर सुन सार्वजनिक नगर्नु शंकास्पद नै छ ।’ नाम उल्लेख नगर्ने शर्तमा स्रोतले भन्यो, ‘प्रहरीले सुनबारेमा पत्रकार सम्मेलन नगर्नुको कारण प्रहरीले सुन लुकाएको पनि हुनसक्छ ।’ त्यो संगै प्रहरीले विदेशी मुद्रा २५ हजार अमेरीकी डलर समेत बरामद गरेको दावि उन्का आफन्तको छ । तर त्यो विदेशी मुद्रा प्रहरीले सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा अहिले पक्राउ परेकाहरु राखिएका छन् । जिल्ला प्रहरी कार्यालयका डि एसपी प्रदीप क्षेत्रीकै नेतृत्वमा शाहिलाई पटक पटक यातना दिएर सुन सबै प्रहरीले नलिएको बारेमा झुट बोल्न लगाउने गरेको समेत उनका आफन्तहरुले बताए ।

जिल्ला प्रहरी कार्यालयले किन सुन प्रकरणबारे पत्रकार सम्मेलन गरेन भन्ने प्रश्नमा प्रदेश प्रहरीले गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका नि. प्रमुख एवम डिएसपी प्रदिपबहादुर बुढा क्षेत्रीले बताए । उनले हालसम्म ६ सय पचास ग्राममात्र बरामद भएको बताउँछन । तर प्रदेश प्रहरीको नाम लगेतापनि जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी क्षेत्रीको प्रहरी टोली कालिकोट पुगेको स्थानीयका भनाई छ ।

यता, प्रदेश प्रहरीका डिआइजी महेशविक्रम शाहले कानूनले मानविय संवेदनाका कारण पक्राउ गरेको बताए । यस्तो मुद्दाहरु बारम्बार आइरहेको उनको भनाई छ । यस्ता घटनाले देशको प्रतिष्ठामा आँच पुर्याउने र त्यहाँ काम गरेकाहरुलाई जागिर निकाल्ने क्रम बढने गरेकाले पनि हामीले मानवीय संवेदनालाई आधार मानेर उनीहरुलाई पक्राउ गरेका हौं । शाहले यदि प्रहरीको संगलनता देखिए कारबाही गर्ने संकेत गरे । सबै प्रहरीको संयुक्त दायित्व यस्ता कुरामा रहने डिआइजी शाहको भनाई छ ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...