News Portal

न्यूयोर्कमा येले संवत् ५०७९ मनाईयो 

हिमाली संचार संवाददाता
४४६ पटक
दिवस कोयू, न्यूयोर्क

अमेरिकामा बसोबास गर्ने किरातराईहरूले सामूहिक रूपमा किरात येले संवत् ५०७९ मनाएका छन्। न्यूयोर्क स्थित “किरात राई सोसाइटी अफ अमेरिका न्यर्योक च्याप्टर”को आयोजनामा येले संवत ५०७९ मनाइएको हो ।

येले संवत् किरात राई, लिम्बू, याक्खा र सुनुवार लगायत समुदायकोसाझा सांस्कृतिक तथा एतिहासिक संवतहो । यसलाई किरातसमुदायले आफ्नो नयाँ वर्षको रुपमासमेत मनाउन थालेका छन् । नेपाली परिकारहरु तरुल, चाकु, तिलको लड्डु, सेल रोटी खाँदैअमेरिकामा येले संवत् मनाइएको हो ।

कार्यक्रममा येले संवतकोसांस्कृतिक तथा एतिहासीक महत्त्वको बारेमा छलफल तथा अन्तरक्रियासमेत भएको बताउँदै किरात राई सोसाइटी अफ अमेरिका न्युयोर्कच्याप्टरका अध्यक्ष भारती राईले भन्नु भयो। ‘संस्कार संस्कृतिकोमहत्त्वबारे बालबालिकाहरुलाई समेत सहभागिता गराउँदै सांस्कृतिकपुस्तान्तरणको अभ्यास अमेरिकामा प्रथम पटक आयोजना गरिएको हो।

उक्त कार्यक्रममा संस्थाका वरिष्ठ केन्द्रीय उपाध्यक्ष खगेन्द्र राईले येलेसंवतको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वमाथि प्रकाश पार्दै येलेसंवतले किरात विरासत र इतिहासलाई मात्रै पहिचान नगर्ने बरु नेपालकैपहिचान र इतिहासको प्रतिनिधित्व गरेका बताउँदै भनुभयो ‘नेपालसरकारले यसलाई कामकाज संवत् रूपमा मान्यता दिनु पर्छ ।

प्रथम किरात राजा यलम्वरले नेपालमा शासन गरेको समयलाई मानेरयेले संवत् प्रचलनमा ल्याइएको हो । यस संवतलाई किरात राईहरूलेयेले दोङ तथा येले दुङ भन्दछन् भने लिम्बुहरूले येले तङ्बे रसुनुवारहरूले येले थोचे भन्ने गरेको पाइन्छ।

काठमाडौँ उपत्यकामाकिरात राजाका ३२ पुस्ताले शासन गरेको इतिहास छ।इतिहासकारतथा विज्ञहरूका अनुसार नेपालमा किरातहरुले करिब १८ सय वर्षशासन गरेका थिए । किराँत समुदायले हरेक वर्ष माघ १ गते येले संवत्मनाउने गरेका छन् ।

फोटो : दीपा राई

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...