News Portal

  • अघिल्लो सरकारका निर्णय उल्ट्याउँदै गए यो सरकार पनि उल्टिन्छ : नेता खाँण

    हिमाली संचार संवाददाता
    ३३७ पटक

    बुटवल : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले पूर्ववर्ती सरकारले गरेका निर्णयहरु उल्ट्याउँदै जाने हो भने केपी ओली नेतृत्वको सरकार पनि छिटै उल्टिने चेतावनी दिएका छन् ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्ष पुगेका र क्यान्सर, मिर्गौला, कलेजो जस्ता असाध्य रोगका विरामीलाई मासिक पाँच हजार भत्ता दिने भनी गरेको निर्णय उल्ट्याकोप्रति आक्रोश पोख्दै उनले अब अस्थायी राजधानीको निर्णय पनि उल्ट्याउन खोजे आफै उल्टिने बताए ।

    प्रदेश ५ को स्थायी राजधानी र नामाकरण तत्काल तोक्न दवाव दिने उद्देश्यले कांग्रेसले बिहीबार बुटवलमा आयोजना गरेको खबरदारी सभामा खांणले पुर्ववर्ती सरकारले गरेका निर्णय उल्ट्याउने र कांग्रेस नेताहरुका नामका अस्पताल/प्रतिष्ठानहरुका सम्बन्धमा ओली सरकारले अपमानजनक निर्णय गरेकाले कांग्रेस अब सरकारविरुद्ध सशक्त रुपमा अगाडि आउने बताए ।

    ‘यो सरकारले अघिल्लो सरकारका निर्णय उल्ट्याउंदै जाने हो र कांग्रेसलाई अपमान गर्ने हो भने हामी चुप लागेर बस्दैनौं, यो सरकारलाई नै उल्ट्यादिन्छौं,’ खाँणले भने, ‘अब संसदमा हामी यी सबै विषयमा सरकारविरुद्ध सशक्त आवाज उठाउँछौं ।

    नेता खांणले हत्या हिंसाको जगबाट आएकाले कम्युनिस्ट सरकारले शान्ति सुरक्षा कायम गर्न नसक्ने दावी गर्दै वहुलवादी समाजका कम्युनिष्ट सत्ता पनि धेरै नटिक्ने तर्क गरे ।

    उनले आफू रुपन्देहीको भएर रुपन्देहीलाई राजधानी बनाउनुपर्छ भनेको नभइ संसारले चिनेको बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर यसकै माध्यमबाट यो प्रदेशलाई उत्कृष्ट र नमूना बनाउनका लागि भएको बताए ।

    उनले स्थायी रजधानीका विषयमा विवाद गर्नुपर्ने कारण नभएको भन्दै अलमल र ढिलासुस्ती नगर्न आग्रह गरे । सभालाई कांग्रेस केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, देवेन्द्रराज कंडेल लगायतका नेताले सम्बोधन गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...