News Portal

  • २१ बर्ष अगाडि प्लान नेपालले बनाएकाे दलित वस्तिका अधिकांश घर जिर्ण

    हिमाली संचार संवाददाता
    ६६६ पटक
    रबिन्द्र बराल, मोरङ

    माेरङकाे सुनवर्सि नगरपालिका ५ मा स्थित झिङ्गिटाेलमा प्लान नेपालले २१ बर्ष अगाडि अतिविपन्न घरपरिवारलाई बसाेवास गर्ने बनाएकाे घर जिर्ण अवस्थामा पुगेको छ । तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद काेईरालाले माेरङ क्षेत्र नम्बर १ भएको समयमा प्लान नेपालकाे सहयोगमा जनता अावासका लागि साे क्षेत्रमा बसाेवास गर्दे अाएका ऋिषिदेव, मुसहर समुदायका ५८ परिवारका लागि घर बनाएका थिए ।

    प्लान नेपालले साे स्थानमा ४ बिघा ७ कठ्ठा जग्गा खरिद गरेर दुई काेठे पक्कि घर वनाएर बितरण समेत गरेको थियोे । त्यस समयमा प्लान नेपालले सानाे सानाे दुई काेठा निर्माण गरेता पनि अहिले भने उक्त काेठा गरिब परिवारका लागि सानाे र अप्ठ्यारो हुदै अाएकाे छ । अहिले उनिहरुकाे परिवार संख्या बढेपछि उक्त काेठा सानाे भएको बताउँछन् ।

    गर्मिकाे समयमा जसाे त्यसाे बसेता पनि जाडो याम सुरु भए पछि उनी हरु काे परिवार चिसाे भुईमा सुत्न बाध्य रहेकाेे वलराम ऋिषिदेवले बताए । उनकाे घरमा पाँच जनाकाे परिवार छन तर काेठा भने दुईवटा मात्रै रहेको र उक्त काेठामा अामाबुबालाई सुत्न छाडि दिएता पनि अाफ्नाे परिवार भने चिसाे भुईमा सुत्ने गरेको उनले बताए ।

    अहिले साे स्थानमा निर्माण गरिएको ५८ घर मध्ये अधिकान्स घरकाे देवाल चर्किएको र घरकाे छानाेे समेत हावा हुरीले उडाएकाे, झ्याल, ढाेका र टिनकाे छानाे समेत प्वाल समेत परेको छ । बर्षायाममा घर भित्र पानी पस्ने समस्याले अझै सताउने गरेको स्थानीय चनरी देवि ऋिषिदेवले बताईन ।

    बिराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत रंगेली नगरपालिका र सुनवर्सि नगरपालिकाकाे सिमानामा रहेको साे वस्तिमा अहिले बिगत भन्दा १ सय घरपरिवारहरु थप भएका छन। प्लना नेपालले त्यस समयमा ५८ घर हरु मध्ये ४६ घर परिवारलाई एक एक कठ्ठाकाे दरले घर सहित जग्गा पास गरेर दिएता पनि बाँकी घरपरिवारलाई अहिलेसम्म घर जग्गा पास नगरेको स्थानीय सदानन्द ऋिषिदेवले बताए ।

    २०६० सलामा प्लान नेपालले उक्त घरहरुकाे केही मात्रामा मर्मत गरेता पनि १५ बर्ष देखि कुनै पनि मर्मत संम्भार गर्न नअाएकाे र सानाे भुकम्प मात्रै अाए अाफु हरुलाई किच्ने हाे कि भन्दै बिलाैना गरि रहेका छन । नेपाल सरकारले हरेक नागरिककाे लागि गाँस, बाँस, कपास अनिवार्य रुपमा हुनुपर्ने भनेता पनि दलित बस्तिमा भने लागू हुन सकेको छैन ।

    हरेक नगरपालिकाले खुला दिशा मुक्त घाेषणा अभियान संन्चालन गरेता पनि उक्त ऋिषिदेव वस्तिमा भने अहिलेसम्म केही मात्रैकाे घरमा शाैचालय रहेकाे छ भने गरिबी भएको कारण अहिलेसम्म पनि घरमा शाैचालय बनाउन समेत सकेका छैनन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...

    नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

    काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच...