News Portal

पर्वतमा बस दुर्घटना, मृत्यु हुनेको संख्या ७ पुग्यो

हिमाली संचार संवाददाता
५७७ पटक
माघ ४ पर्वत।

पर्वतको कुश्मा नगरपालिका वडा नं १ मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । तीन जनाको घटनास्थलमै र चार जनाको धौलागिरि अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्वरको बस आज विहान सवा ८ बजे पर्वतको मालढुंगा नजिकै दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएकाहरुको नाम ठेगाना भने खुल्न सकेको छैन । दुर्घटनामा ३४ जना घाईते भएका छन् ।घाईते मध्ये गम्भिर रहेका १७ जनालाई थप उपचारका लागि पोखरा पठाईएको छ ।

४ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । अन्यको बागलुङमै उपचार भैरहेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।साघुरो बाटोमा तीब्र गतिमा बस गुडेका कारण सडकबाट झण्डै दुई सय मिटर तल कालीगण्डकी नदिमा खसेको हो ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...