News Portal

पर्वतमा बस दुर्घटना, मृत्यु हुनेको संख्या ७ पुग्यो

हिमाली संचार संवाददाता
५५७ पटक
माघ ४ पर्वत।

पर्वतको कुश्मा नगरपालिका वडा नं १ मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । तीन जनाको घटनास्थलमै र चार जनाको धौलागिरि अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्वरको बस आज विहान सवा ८ बजे पर्वतको मालढुंगा नजिकै दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएकाहरुको नाम ठेगाना भने खुल्न सकेको छैन । दुर्घटनामा ३४ जना घाईते भएका छन् ।घाईते मध्ये गम्भिर रहेका १७ जनालाई थप उपचारका लागि पोखरा पठाईएको छ ।

४ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । अन्यको बागलुङमै उपचार भैरहेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।साघुरो बाटोमा तीब्र गतिमा बस गुडेका कारण सडकबाट झण्डै दुई सय मिटर तल कालीगण्डकी नदिमा खसेको हो ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...