News Portal

निरेम प्रोडक्सन कुवेतद्वारा संकलित कपड़ा चेपाङ समुदायलाई हस्तांतरण

हिमाली संचार संवाददाता
७०० पटक
कुवेत १७ जनवरी।

“आफै कमाउनु र आफै खानु यो प्रकृति हो अरुले कमाओस, तपाइले खोसेर खानु यो विकृती हो तर आफू कमाउनु र अरुलाई पनि खुवाउनु यो नेपाली संस्कृती हो।” प्राय सबैजसो नेपालीहरुको मन यहि संस्कृतिसंग जोडिएको छ । देश होस या परदेश हामी जहाँ रहेपनि सेवाको भावनालाई आत्मसात गर्दै आएका छौ ।

प्रवासको भुमिबाट अर्थात कुवेतबाट प्राय सबैले कुनैपनि दैविक प्रकोप लगायत भइपरि आउने यावत समस्याहरुमा आर्थिक सहयोग गर्दै आएको अवस्थामा निरेम प्रोडक्सनले केही पृथक कार्य गर्ने सोच सहित मकवानपुर जिल्लामा रहेका चेपाङ समुदायलाई मध्यनजर गर्दै “न्यानो बाढ़ौ” अभियान सन्चालन गर्‍यो ।

गत अक्टूबर १५ देखि नोभेम्बर ३० सम्मै चलेको उक्त अभियानमा कुवेत रहनुभएका सामाजीक अभियन्ताका साथै तमु समाज कुवेतले न्यायो अभियानको लागी हामीलाइ कपड़ा संकलनमा सक्दो सगयोग गर्‍यो। TVS काग्रोको विषेश सहयोगले संकलित कपड़ा नेपाल पठाउन सफल भयौ ।

करिव ३ महिनाको अथक प्रयासपछि गत सोमवार कैलाश गाउपालिका – ८ मकवानपुरका चेपाङ समुदायलाई मनहरि यूवा क्लबको सहकार्यमा कुवेतबाट संकलित ७ सय थान कपड़ा हस्तान्तरण गरि “न्यानो बाढौ “ अभियानको समापन गरियो ।

मनहरि यूवा क्लबका अध्यक्ष समिप श्रेष्ठ, कैलाश गा.पा.कि उपाधक्ष्य सुरु माया थिगं लयागत “न्यानो बाढौ” अभियानको परिकल्पना गर्ने निरेमका सदस्य शुरेश थिगं, कपड़ा संकलन गरि हस्तांतरण गर्ने कुवेत कृयाशिल सामाजीक अभियन्ता लगायत यस अभियानमा आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण प्रति निरेम प्रोडक्सन कुवेतले धन्यवाद ज्ञापन गरेको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...