News Portal

  • निरेम प्रोडक्सन कुवेतद्वारा संकलित कपड़ा चेपाङ समुदायलाई हस्तांतरण

    हिमाली संचार संवाददाता
    ५७९ पटक
    कुवेत १७ जनवरी।

    “आफै कमाउनु र आफै खानु यो प्रकृति हो अरुले कमाओस, तपाइले खोसेर खानु यो विकृती हो तर आफू कमाउनु र अरुलाई पनि खुवाउनु यो नेपाली संस्कृती हो।” प्राय सबैजसो नेपालीहरुको मन यहि संस्कृतिसंग जोडिएको छ । देश होस या परदेश हामी जहाँ रहेपनि सेवाको भावनालाई आत्मसात गर्दै आएका छौ ।

    प्रवासको भुमिबाट अर्थात कुवेतबाट प्राय सबैले कुनैपनि दैविक प्रकोप लगायत भइपरि आउने यावत समस्याहरुमा आर्थिक सहयोग गर्दै आएको अवस्थामा निरेम प्रोडक्सनले केही पृथक कार्य गर्ने सोच सहित मकवानपुर जिल्लामा रहेका चेपाङ समुदायलाई मध्यनजर गर्दै “न्यानो बाढ़ौ” अभियान सन्चालन गर्‍यो ।

    गत अक्टूबर १५ देखि नोभेम्बर ३० सम्मै चलेको उक्त अभियानमा कुवेत रहनुभएका सामाजीक अभियन्ताका साथै तमु समाज कुवेतले न्यायो अभियानको लागी हामीलाइ कपड़ा संकलनमा सक्दो सगयोग गर्‍यो। TVS काग्रोको विषेश सहयोगले संकलित कपड़ा नेपाल पठाउन सफल भयौ ।

    करिव ३ महिनाको अथक प्रयासपछि गत सोमवार कैलाश गाउपालिका – ८ मकवानपुरका चेपाङ समुदायलाई मनहरि यूवा क्लबको सहकार्यमा कुवेतबाट संकलित ७ सय थान कपड़ा हस्तान्तरण गरि “न्यानो बाढौ “ अभियानको समापन गरियो ।

    मनहरि यूवा क्लबका अध्यक्ष समिप श्रेष्ठ, कैलाश गा.पा.कि उपाधक्ष्य सुरु माया थिगं लयागत “न्यानो बाढौ” अभियानको परिकल्पना गर्ने निरेमका सदस्य शुरेश थिगं, कपड़ा संकलन गरि हस्तांतरण गर्ने कुवेत कृयाशिल सामाजीक अभियन्ता लगायत यस अभियानमा आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण प्रति निरेम प्रोडक्सन कुवेतले धन्यवाद ज्ञापन गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...

    चितवनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दो, प्रहरी चिन्तित

    चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य...

    कुवेतको रक्सी काण्डमा अस्पताल भर्ना भएकाहरू डिपोर्ट, मुख्य आरोपितलाई हत्याको मुद्दा लाग्ने

    कुवेत, भदौ २ – कुवेतमा भएको विषादीयुक्त रक्सी काण्डमा अस्पतालमा भर्ना भएका प्रवासीहरूलाई उपचारपछि डिपोर्ट...