News Portal

  • पर्वतकि सीता सापकोटाको तरकारी खेतीले बदलियो जीवनशैली

    हिमाली संचार संवाददाता
    ४९७ पटक
    दुर्गाप्रसाद शर्मा

    पर्वत : पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवती तथा महिलाहरुको संख्या पनि उल्लेख्य मात्रामा बढ्दै गएको छ । स्वदेशमै केहि गर्न नसकेर वा नचाहेर बिदेश पलायन हुने महिलाहरुको संख्या बढ्दै गएका बेला यहाँकी एक महिलाले भने व्यावसायिक तरकारी खेती गरेर मनग्गे आम्दानी गर्न थालेकी छन् ।

    पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठूलीपोखरी स्थित बुमिकी सिता सापकोटाले व्यावसायिक तरकारी खेती गरेर बार्षिक रु ३ लाख रुपैया आम्दानी गर्न थालेकी हुन् । घर वरिपरी रहेको झण्डै एक रोपनी जग्गालाई उपयोग गरेर मौसमी तथा बेमौसमी तरकारी खेती गर्नुभएकी सापकोटाले तरकारीबाटै भएको कमाईले घडेरी समेत किनिसकेकी छिन् । उनले भरतपुर महानगरपालिकामा चार आनाको घडेरी समेत किनिसकेकी हुन् ।

    घरायसी काम काम धन्दा सकेर वरिपरी रहेको जग्गामा गोलभेडा, काउली, आलु, बन्दागोपी, खुर्सानी, लौका, साग, घिरौला लगायत मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने गरेको बताएकी छन् । सिंचाईको पर्याप्त सुविधा नभएपनि खानेपानीको धारावाट बचत भएको र खेर गएको पानी संकलन गरेर तथा गाईवस्तुको गहुँत प्रयोग गरेर अर्गानिक तरकारी उत्पादन गर्ने गरेको सापकोटाले सुनाईन ।

    दुईवटा प्लाष्टिक घरमा गोलभेडा खेती गर्दै आएकी छन् भने बाँकी जग्गामा अन्य तरकारीहरु लगाउने गरेको सापकोटाले बताईन । उनले भनिन्–‘पहिले पहिले घरका लागि मात्रै तरकारी लगाउने गरिन्थ्यो, विगत एक दशकदेखि व्यावसायिक रुपमा लगाउन थालेकि हुँ, आफु निकै सफल भएको अनुभव भएको छ ।’ सापकोटाका अनुसार उत्पादित तरकारी स्थानीय ठूलीपोखरी बजार, खौलालाकुरी बजार र सदरमुकाम कुश्मामा विक्रि हुने गरेको छ ।

    अहिले त बाह्रैमास मोटरवाटो सुचारु हुन्छ, विक्रि गर्नका लागि कुनै समस्या छैन, ग्राहकहरु घरमै आउँछन् उनले भनिन् । पैसा कमाउनका लागि विदेशनै जानुपर्छ वा जागिर नै खानुपर्छ भन्ने रहेनछ सापकोटाले भने–‘सामान्य मेहनले पनि प्रसस्त कमाई हुँदोरहेछ ।’ आफुलाई घरमा ताजा तरकारी खान पनि हुने, इष्टमित्र, परपाहुनालाई कोसेली दिन पनि हुने, कमाई पनि हुने भन्दै सापकोटाले यहि पेशामा रमाउने गरेको बताईन ।

    सापकोटाको तरकारी फार्ममा श्रीमान हेमराज सापकोटाले पनि सघाउँदै आएका छन्् । पेशाले राजनीतिमा सक्रिय हेमराजले फुर्सदको समयमा खेतवारीमा श्रीमतीलाई सघाउने गरेको बताए । उनि राजनीति सँगै पण्डितको काम पनि गर्छन ।
    सापकोटाले तरकारीबाटै भएको कमाईबाट घडेरी किन्ने, मासिक रुपमा बचत गर्नुुका साथै आफ्ना दुईवटा छोरालाई उच्च शिक्षा समेत पढाएकी छिन् ।

    राजधानीको शंकरदेव क्याम्पसमा उच्च शिक्षाका लागि छोराहरुलाई खर्च समेत यहि तरकारीबाट पुगेको उहाँले बताए । आफु लामो समयदेखि व्यावसायिक रुपमा तरकारी कृषकको रुपमा रहेको भएपनि कुनै निकायवाट अहिलेसम्म केहिपनि सहयोग नपाएको उनको गुनासो छ । उनले स्थानीय तह वा प्रदेशबाट अझै उन्नत जातका बिऊ तथा अन्य प्राविधिक सहयोग पाएमा अझै पनि आम्दानी गर्न सकिने उनको भनाई रहेको छ ।

    प्रसस्त धन कमाउने रहर बोकेर विदेश जानेहरुलाई उनको सुझाव छ कि खाडी मुलुकमा जोखिम मोलेर धेरै आम्दानी गर्नुभन्दा, गाउँमै नङ्ग्रा खियाउन बेस हुँदो रहेछ । उनले बढ्दै गएको बाँझो जग्गामा व्यावासायिक रुपमा खेती गर्न महिलाहरुलाई आग्रह समेत गरिन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

    काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब...

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका...

    प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

    काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा...

    १० करोडको चेक बाउन्स प्रकरणमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

    काठमाडौं, भदौ १ – कुख्यात गुन्डा नाइके राजु गोर्खाली राजधानी काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग

    काठमाडौँ, भदौ १ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले...