News Portal

नर्भिकले सुरु गर्यो कृत्रिम खुट्टा वितरण शिविर

हिमाली संचार संवाददाता
४९३ पटक

काठमाडौँ– नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले आज कृत्रिम खुट्टा वितरण शिविरको शुभारम्भ गरेको छ ।  नेपालस्थित भारतीय राजदूतावास, भगवान महावीर विकलाङ्क र भारतको जयपूर फ्रूडको विशेष सहयोगमा ५ सय अपाङ्गलाई खुट्टा प्रदान गरिने जनाइएको छ ।

आज काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालको प्राङगणमा शुभारम्भ गरिएको शिविरमा जन्मजात र विभिन्न दुर्घटनामा खुट्टा गुमाएका ५१ जना व्यक्तिहरुलाई निशुःल्क खुट्टा प्रदान गरिएको छ  । कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भारत र नेपालबीच धेरै कुरामा सहकार्य भएपनि स्वास्थ्य क्षेत्रमा सहकार्य नभएको भन्दै अबको दिनमा सहकार्य गर्न आवश्यक भएको बताए । मन्त्री यादवले नेपालमा दुर्घटनाबाट धेरै व्यक्तिहरु अपाङ्ग हुने गरेको भन्दै नर्भिकले सञ्चालन गरेको शिविरले धेरैको जीवनमा खुशी प्रदान गर्ने बताए ।

यस्तै नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले अबका दिनमा नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रमा पनि सहकार्य आवश्यक भएको र यसको लागि भारत तयार रहेको बताए ।  कृत्रिम खुट्टा वितरण कार्यक्रम चौधरी फाउण्डेशन नेपालका अध्यक्ष विनोद चौधरीले आफ्नो संस्थाले यस्तै समाजसेवाको काम लामो समयदेखि गर्दै आएको र भोलीका दिनमा पनि निरन्तता दिने बताए ।

५० हजार रुपैयाँ पर्ने कृत्रिम खुट्टा भारतबाट प्राविधित ल्याएर नर्भिकमानै तयारी गरिएको छ । नेपालमा खुट्टा नभएको अपाङ्गा व्यक्तिहरु झण्डै १ लाख रहेको नर्भिकको अनुमान रहेको छ ।

बाँकी  ५ सय कृत्रिम खुट्टा नवलपुरका सहज अस्पतालसँगको सहयकार्यमा निशुल्क वितरण गरिने योजना रहेको छ । साथै नवलपरासीका १० वटा विद्यालयमा ‘डिजिटल क्लासरुम’ कार्यक्रम सञ्चालन भइरहेको पनि नर्भिकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...