News Portal

जोशीको प्रमुख आतिथ्यमा पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवश मकाउमा भब्यताको साथ सम्पन्न

हिमाली संचार संवाददाता
१६१५ पटक

कर्ण अधिकारी 

मकाउ  –  श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाहलाई नेपालको राजनिति र भूगोल भन्दा माथि राख्दै आर्य-क्षेत्री समाज मकाउले पौष २७ गतेका दिन २९७ औं पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवश मकाउमा भब्यताको साथ मनाएको छ।

कार्यक्रममा पृथ्वी नारायण शाहको योगदानकै बिषयमा चर्चा परीचर्चा गरीएको थियो।नेपाल संघीय गणतन्त्रमा गएता पनि आधुनिक नेपालको निर्माता पृथ्वी नारायण शाहको शालिकमा गणतान्त्रिक राष्ट्रपति बिद्यादेवी भण्डारीले समेत माल्यार्पण गर्नु भएको थियो।

नेपालमा २४० बर्षीय शाह बंशको अन्त्ये भए पनि पृथ्वी नारायण शाह प्रति नेपाली जनताले देखाउने भक्ति भावमा चाँहि कमी हुनु हुँदैन भन्दै क्षेत्री समाजले एकिहासिक रूपमा एकता दिवश मनाएको हो।

आर्य-क्षेत्री समाज मकाउले आयोजना गरेको एतिहासिक कार्यक्रममा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति एवं गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद् एशिया प्यासेफिकका आर्थिक समन्वय समितिका सह-संयोजक अम्बिर जोशीको प्रमुख आतिथ्यमा अतिथीहरू पश्चिमेली समाजका अध्यक्ष एवं आर्य-क्षेत्री समाजका कोषाध्यक्ष पदम सिंह पन्त,अन्तराष्ट्रिय नेपाली समाज मकाउका संयोजक प्रजुन अधिकारी,नेपाली जनसम्पर्क समिति मकाउको तर्फबाट प्रतिनिधि सचिव रमेश अधिकारी,पुर्ब प्रवासी मञ्च मकाउका  सल्लाहकार राजेश प्रसाई,नेपाल बिद्यार्थी संघ मकाउका अध्यक्ष एवं नेपाली समाज मकाउका उपाध्यक्ष युवराज न्यौपाने,समितिका उपाध्यक्ष तारा बहादुर महत,समाजको सल्लाहकार राजकपुर थपलिया,अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका खेलाडीहरू लगाएत मकाउका बिभिन्न कम्पनीहरूमा कार्यरत रहेका नेपालीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्धाटन समाजका अध्यक्ष निरञ्जन खड्का र प्रमुख अतिथि अम्बिर जोशीले संयुक्त रूपमा पानसमा बत्ति बाल्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजा धिराज पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गर्नु भएको थियो।प्रवासमा रहेर पनि राष्ट्र निर्मातालाई सम्झिएर कार्यक्रम गर्न पाएकोमा खुशी ब्यक्त गर्छन l

समाजकै कोषाध्यक्ष पदम सिंह पन्त।कार्यक्रममा मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि अम्बिर जोशीले एकताको शुत्रधार र राष्ट्र निर्माता पृथ्वीका कारण आज हामीहरू बिश्वका कुना कुनामा नेपाल लेखिएको हरीयो पासपोर्ट लिएर नेपाल र नेपाली हौ भन्न पाएको र यो राष्ट्रिय एकता दिवश मकाउमा रहेको सामाजिक एवं सबै नेपालीहरूको छाता संस्था गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मकाउले सबै नेपालीलाई एकताको सुत्रमा बाधेर महा बाणिज्य दुताबास हंगकंगको महाबाणिज्य दुतको प्रमुख आतिथ्यमा हुनु पर्नेमा त्यसो हुन नसक्दा दु:ख ब्यक्त गर्दै आर्य-क्षेत्री समाजले कार्यक्रम गरेर पृथ्वी नारायण शाहलाई सम्झिएकोमा खुशी ब्यक्त गर्नु भएको थियो।समितिका कोषाध्यक्ष पदम सिंह पन्तले कार्यक्रमलाई एतिहासिक रूपमा सम्पन्न गराउनका लागि अहम भूमिका निर्बाह गरेका थिए।

कार्यक्रममा कार्य समितिका पदाधिकारीहरूको परीचयात्म तथा सम्मान समेत गरीएको थियो।कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष निरञ्जन खड्काले गरेका थिए भने कार्यक्रम संचालन समितिकै महासचिव राजन खत्रीले गरेका थिए।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...