News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • तमु प्ये ल्हु संघ कुवेतले तमु फो ल्हो-ल्होसार कार्यक्रम भब्यताका साथ मनायो

    हिमाली संचार संवाददाता
    ८९३ पटक

    कुवेत, १२ जनवरी : कुबेतको फर्वानियास्थित आइडियल अडिटोरियम हलमा जातिय संस्था तमु प्येल्हु संघ कुवेतले आफ्नो महान पर्व तमु ल्होसार तथा बिशेष शुभकामना आदानप्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रम शुक्रबार भब्यताका साथ सम्पन्न गरेको छ।

    “प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ” भन्ने मुल नाराका साथ दर्शकहरुले खचाखच भरिएको कुबेतको फर्वानियास्थित आइडियल अडिटोरियम हलमा अध्यक्ष उमा तमुस्योको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार नरजित तमु प्रमुख आथिती रहनु भएको थियो। भने बिशिष्ट अतिथिहरुमा आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग, नेपाल पत्रकार महासँघ कुवेतको तर्फबाट सबै पत्रकारहरुको प्रतिनिधि गर्दै जय बहादुर आले मगर रहेका भने कुबेतमा क्रियाशील बिभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवीहरु लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो।

    कार्यक्रमलाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्विप प्रज्वलन गरि कार्यक्रमको बिधीवत उद्घाटन गरेका थिए भने नेपाली राष्ट्रिय गीत र तमु राष्ट्रिय गीतद्वारा राष्ट्रिय स्वाभिमान पश्चात कार्यक्रमलाई मुर्त रुप दिईएको थियो ।

    कार्यक्रममा संस्थाको सल्लाहकार लिल तमुले स्वागत मन्तव्यद्वारा उपस्थित अतिथिगणलाई स्वागत गरेका थिए भने कार्यक्रमलाई संघको सल्लाहकार डम्बर तमु, लील तमु,र अमन तमुले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गर्नुभ्एको थियो। साथै उक्त कार्यक्रमलाई भब्यरुपमा सफल पार्नको लागि बहराइन एक्स्चेन्ज कम्पनी (BEC) कुवेतले प्रायोजन गरेको थियो।

    तमु ल्हाेसार बिशेष शुभकामना आदानप्रदान कार्यक्रममा गैर आवसीय नेपाली संघ कुवेतको महासचिब हरी लवाती, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग, तमु समाज कुबेतको अध्यक्ष राजु गुरुङ, नेपाल तामाङ घेदुङ कुवैतका अध्यक्ष सुरेश ग्यबा तामाङ, किरात राई यायोक्खा शाखा कुबेतका अध्यक्ष मन्जित राई, किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष बल बहादुर काम्बाङ, पत्रकारहरुको प्रतिनिधि गर्दै जय बहादुर आले मगर लगायतले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए । भने संस्थाको सल्लाहकार छ्योमान तमु, र सल्लाहकार लिल तमुले ल्होसार बारे प्रष्ट पारेका थिए।

    तमु समुदायको सस्कार अनुसार पच्यु गुरुबाट ईन्द्र पच्यु तमु कुल तमु र देव तमुले पूजा पाट मन्तर पढी संयुक्त रुपमा रुपा -रिपा) मन्तार्दै (‘खि ल्हाे’ कुकुर बर्गको बिदाई गरी ‘फो ल्हो’ मृग बर्गको स्वागत गरी आफ्नो बिधी अनुसार क्रमश ब्यक्तिहरुलाई रिपा लगाई वहाँहरुको आउने दिनको शुख शान्तिको कामना गरेका थिए भने आउने फो ल्हो भएका ब्यक्तिहरुलाई रिपा लगाई यस वर्ष वहाँहरुको वर्गले ल्याउने सबै नराम्रो ग्रह शान्तिको कामना गरि स्याइस्याइ गरेको थियो।

    तमू ल्होसार विशेष कार्यक्रमको आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम रहेको थियो। कार्यक्रमलाई अतिनै भब्यसब्य बनाउनको लागि सचिन तमु, अमन तमु, सिमा तमुसयो, माया तमुस्यो, सिता तमुस्यो लगायतको तमु कलाकारहरुले आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे, सालैजो, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी झनै ल्होसारलाई सुगन्ध भर्ने काम तमु प्येल्हु संघ कुवेत सांस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो ।

    तमु (गुरुङ) जातीको भाषा, भेषभुषा, कला, सस्कृति र पहिचानको जगेर्ना गर्दै तमु प्येल्हु संघ कुवेतले स्थापनाकाल देखी नै तमू ल्होसारलाई निरन्तरता दिएको छ। कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरु लाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचर चनाको तरकारी, चिउरा खसीको मासुले स्वागत गरिएको थिए भने मीठो परिकारको खानाले सहभागि सबैको मन खुसी पारेको थियो ।

    कार्यक्रमलाई भब्य सफल पार्नको लागि बहराइन एक्स्चेन्ज कम्पनी (BEC) कुवेतलाई मायाको चिनो स्वरूप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो। भने झरना तमुस्योलाई पनि दोसला ओढाई विशेष सम्मान गरिएको थियो।

    अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष उमा तमुस्यो ले कार्यक्रममा लाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका संस्थाका पदाधिकारी तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार, खेलाडी तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। अन्त्यमा तमु सस्कृति झल्किने नृत्य र गीतहरु प्रस्तुत गरि भरपुर मनोरंजन साथ कार्यक्रम बेलुकी ७ बजे सम्पन्न भएको थियो।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...