News Portal

  • विवेकशील साझा पार्टी फुट्यो, उज्वल थापाको नेतृत्वमा नयाँ दल दर्ता

    हिमाली संचार संवाददाता
    ५०४ पटक

    काठमाडौं : विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

    पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ । थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए। तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेका हुन् ।

    ‘हामीले भन्दै आएको सुसंस्कृत र वैकल्पिक राजनीति हुँदैन भन्ने लाग्यो’ एक नेताले भने, ‘यसरी सँगै बस्नुभन्दा अलगअलग रुपमा बस्नु बेस भन्ने भयो । विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा मात्र पार्टी एकता भएको थियो । तर, डेढ वर्षमा नै विवेकशील पक्ष पुरानै पार्टी ब्यूाताउन लागेका हुन् ।

    रवीन्द्रजीहरुको बुझाइ नै फरक रहेछ : रञ्जु दर्शना

    विवेकशील साझा पार्टीबाट अलग भएको समूहले पार्टीमा व्यक्ति हाबी हुन थालेपछि अलग भएको जनाएको छ । उज्वल थापा नेतृत्वमा शुक्रबार अलग भएको समूहकी नेतृ रञ्जु दर्शनाले तत्कालिन साझा पार्टीका नेताहरुको बुझाइ र आफूहरुको बुझाइ अलग भएपछि एउटै पार्टीमा बस्न नसकिएको प्रतिक्रिया दिइन् ।

    उनले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘वैकल्पिक राजनीतिबारे कुरा मिलेपछि जोडिएका थियौं । तर, रवीन्द्रजी, मुमाराम खनालजी, केशव दाहालजी लगायतको बुझाइ नै फरक रहेछ । त्यसपछि एक्सनहरु नै फरक भयो ।’

    उनले तत्कालिन साझा पार्टीका नेताहरुमा ‘हामीले राजनीति बुझेका छौं । तपाईंहरुले बुझ्नु भएको छैन’ भन्ने सोचाइ रहेका कारण पनि समस्या भएको टिप्पणी गरिन् । देशमा विकासका लागि वैकल्पिक शक्तिको रुपमा उदाउने उद्देश्यले आएको भए पनि देशको स्थिति बीचमै अड्काउने किसिमको शैली देखेपछि छुटिट्यौं’, उनले थपिन् ।

    विवेकशील साझा पार्टीका संयोजक थापाले केहीअघि पार्टी गलत बाटोमा हिँडिरहेको निश्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । तर, त्यसमाथि पार्टीमा छलफल नै नभएको नेतृ दर्शनाले बताइन् ।

    उनले भनिन्, ‘एक जना संयोजकले प्रतिवेदन निकालिसकेपछि छलफल हुनुपर्थ्यो । प्रक्रिया मिचेर निकाले पनि, नियमसम्मत निकाले पनि सुशासन आयोगले छलफल गर्नपर्थ्यो । तर, भएन । उनले अगाडि भनिन्, ‘उहाँहरुले सधैं समस्यालाई पर्दाले छेकिरहन खोज्नुभयो । तर, समस्यै छैन भनेर लागिरहँदा हामी कतै पुग्ने थिएनौं ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग

    काठमाडौँ, भदौ १ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले...

    रवि लामिछाने नख्खु जेलमा सरुवा, पहिलो रात अन्य कैदीसहित बिताउनुपर्यो, ‘सिंगल रुम’ तर सुविधा सीमित

    काठमाडौं, भदौ १ – भैरहवा कारागारबाट नख्खु जेलमा सरुवा भएका रास्वपा सभापति रवि लामिछानेको पहिलो...

    विदेश जाने यात्रु कम्तीमा एक घण्टा अघि अध्यागमनमा उपस्थित हुनुपर्ने

    काठमाडौं, भदौ १ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुका लागि नयाँ व्यवस्था लागू गरिएको...

    गोङ्गबु गेस्ट हाउसमा पत्नीको हत्या गर्ने युवक पर्साबाट पक्राउ

    काठमाडौँ, भदौ १ – राजधानीको गोङ्गबुस्थित गेस्ट हाउसमा आफ्नै पत्नीको हत्या गरी फरार रहेका एक...

    एमाले विधान महाधिवेशन : तयारी अन्तिम चरणमा, २३ सयभन्दा बढी सहभागी हुने

    काठमाडौँ, भदौ १ – नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना हुने दोस्रो...