News Portal

स्वतन्त्रबाट विजयीपछी नेकपामा प्रवेश गरेका वडाध्यक्ष मूर्ति चोरीको आरोपमा पक्राउ

हिमाली संचार संवाददाता
५२९ पटक

डोल्पा : हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन्। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका – ५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ थाहाखबरले जनाएको छ।

शे–फोक्सुण्डो गाउँपालिका –४ स्थित राहाप गुम्बाका बौद्धमूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको बौद्धबाटै प्रहरीले पक्राउ गरेको हो।

गुरुङ गत स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको ५ को अध्यक्षमा स्वतन्त्रबाट विजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए।

शे–फोक्सुण्डो गाउँपालिका ४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्धमूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका ४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका १ का ४१ वषीय झ्याम्पा छुल्डिम लामा वडा ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे फोक्सुण्डो गाउँपालिका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई विशेष अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं बौद्धबाट पक्राउ गरेको थियो।

डोल्पाका प्रहरी नायब उपरिक्षक अवदेश बिष्टसँग बुझ्दा मूर्तिचोरीको आरोपमा उनी पक्राउ परेको र पक्राउ पर्ने क्रम जारी रहेकाले अनुसन्धान जारी रहेको बताए।

प्राचीन मूर्ति चोरीको आरोपमा प्रहरीले यसअघि नै चार जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेका चार जनालाई केही दिन अगाडीमात्रै जिप्रका डोल्पामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...