News Portal

को थिए पृथ्वीनारायण शाह ?

हिमाली संचार संवाददाता
६७२ पटक

पृथ्वी नारायण शाह (वि.सं.१७७९-१८३१) शाह बंशीय राजा थिए। स-साना राज्यरजौटामा बाँडिएको भू-भागलाई एकत्रितगरी एउटै देशको सृजना गर्ने यिनी आधुनिकनेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवसमनाउने गरिन्छ। यिनले सानो-सानो क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाह वंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेर गए।

नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघेसंक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरेपनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडी बढाइरहे। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपालराज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलजनदी सम्म विस्तार भयो। नेपाल अंग्रेजयुद्धपछि सुगौली सन्धिसम्म यो भू-भागनेपाल अधिनस्थ थियो।

नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्धविक्रम शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जस्लाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ पछि भयो। उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाए पनि धेरैठूलो विशाल नेपालको भू-भागजसमा पश्चिमक्षेत्रमा हालको भारतको उत्तराखण्ड राज्य, हिमाचल प्रदेश तथा पंजाबका पर्ने केही साना सतल नदी पारीका पहाडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जीलिङ देखि लिएर टिष्टा नदीसम्मको तराइ तथा पहाडी भूभाग इस्टइण्डिया कम्पनी सरकारलाई सुगौली सन्धि अन्तर्गत सुम्पनुपर्यो सिक्किम माथीको अधिकारपनि त्याग्नु पर्यो।

तर ब्रिटिशले नेपाललाई १८२२ मा मेची देखि राप्तीसम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरको क्रियाकलापबाट खुशी भएर राप्तीदेखि महाकाली नदी बिचको तराइ भू-भाग १८६० मा फर्काएका थिए। भारतब्रिटिसबाट स्वतन्त्रभएपछि सुगौली सन्धि खारेज भइ नेपालको भु-भाग त्यागनु पर्नेमा हाल ती भू-भाग हडपेर बसेको छ।

पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानमा उनका प्रमुख राजनैतिक ज्योतिष श्री कुलानन्द ढकालको ज्योतिषीय तथा राजनैतिक सल्लाहको भुमिका प्रमुख थियो भन्ने जनश्रुति पाईन्छ।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...