News Portal

को थिए पृथ्वीनारायण शाह ?

हिमाली संचार संवाददाता
६५१ पटक

पृथ्वी नारायण शाह (वि.सं.१७७९-१८३१) शाह बंशीय राजा थिए। स-साना राज्यरजौटामा बाँडिएको भू-भागलाई एकत्रितगरी एउटै देशको सृजना गर्ने यिनी आधुनिकनेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवसमनाउने गरिन्छ। यिनले सानो-सानो क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाह वंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेर गए।

नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघेसंक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरेपनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडी बढाइरहे। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपालराज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलजनदी सम्म विस्तार भयो। नेपाल अंग्रेजयुद्धपछि सुगौली सन्धिसम्म यो भू-भागनेपाल अधिनस्थ थियो।

नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्धविक्रम शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जस्लाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ पछि भयो। उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाए पनि धेरैठूलो विशाल नेपालको भू-भागजसमा पश्चिमक्षेत्रमा हालको भारतको उत्तराखण्ड राज्य, हिमाचल प्रदेश तथा पंजाबका पर्ने केही साना सतल नदी पारीका पहाडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जीलिङ देखि लिएर टिष्टा नदीसम्मको तराइ तथा पहाडी भूभाग इस्टइण्डिया कम्पनी सरकारलाई सुगौली सन्धि अन्तर्गत सुम्पनुपर्यो सिक्किम माथीको अधिकारपनि त्याग्नु पर्यो।

तर ब्रिटिशले नेपाललाई १८२२ मा मेची देखि राप्तीसम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरको क्रियाकलापबाट खुशी भएर राप्तीदेखि महाकाली नदी बिचको तराइ भू-भाग १८६० मा फर्काएका थिए। भारतब्रिटिसबाट स्वतन्त्रभएपछि सुगौली सन्धि खारेज भइ नेपालको भु-भाग त्यागनु पर्नेमा हाल ती भू-भाग हडपेर बसेको छ।

पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानमा उनका प्रमुख राजनैतिक ज्योतिष श्री कुलानन्द ढकालको ज्योतिषीय तथा राजनैतिक सल्लाहको भुमिका प्रमुख थियो भन्ने जनश्रुति पाईन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...