News Portal

प्रदेश सरकारले दिएको कोट रक्सी खान राउटेले बेचेपछी…

हिमाली संचार संवाददाता
५५५ पटक

दिपकजंग शाही
सुर्खेत : कर्णालीको सामाजिक विकास मन्त्रालयले जाडो छल्न दिएका कोट राउटेहरूले सस्तो मूल्यमा बिक्री गरेको पाइएको छ।

सुर्खेतको लेकवेशी नगरपालिका–१ थोत्रीखोलामा बस्दै आएका राउटे समुदायका लागि न्यानो कपडाका रूपमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले केही दिनअघि कोटलगायतका अन्य विभिन्न सामग्री वितरण गरेको थियो। राउटेहरुले मदिरा सेवनका लागि पैसा जुटाउन कोटलगायत अन्य सामान बेचेका हुन्।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी मणिराम खरालका अनुसार राउटे समुदायमा पुरुषका लागि कोट, महिलाहरुका लागि गुन्यु, चोलो, ओछ्याउने फर्मलगायतका सामाग्री वितरण गरिएको थियो।

लेकवेशी नगरपालिकाकी कार्यपालिका सदस्य धनसरा सुनारले राउटेहरुले महंगो सामान सस्तो मूल्यमा बिक्री गरेको आफूले सुनेको बताइन्।

‘राउटेले कोट बिक्री गरे भन्ने सुनेर बुझ्न यही समुदायमा आएकी छु,’ उनले भनिन्, ‘उनीहरुले हामीसँग बिक्री गर्‍यौं त भन्न सकेका छैनन्। तर वरिपरिका मानिसले कोट ५०० देखि १ हजार रूपैयाँसम्ममा बिक्री गरेर सस्तो खालको रक्सी खाने गरेको सुनाएका छन्।

सुनारले महिलाहरूले लगाउने सामाग्री बिक्री नगरेको र पुरुषहरूलाई दिइएको कोट, जुत्ता, ब्लांकेट लगायतका सामानहरु बेच्ने गरेको पाइएको बताइन्। राउटेले सामान बेचेको पाइए पनि किन्ने व्यक्तिहरु भने पत्ता लगाउन नसकिएको उनले बताइन्। राउटेहरुबाट सामान किन्नेहरूबारे बुझ्ने र उनीहरुलाई कारबाही गरिने सदस्य सुनारले बताइन्।

‘लोपोन्मुख जातिलाई सहयोग गर्नुको साटो राउटेहरु बाटै कोट, जुत्ता किन्ने व्यक्तिको बुझाइ कस्तो होला,’ उनले भनिन्, ‘सहयोग स्वरूप दिइएको सामग्री राउटेहरूबाट किन्ने व्यक्ति पत्ता लगाएर कारबाही गर्छौं।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...