News Portal

  • आँखा झिम्काउन नसक्दा प्रहरी भर्नामा फेल

    हिमाली संचार संवाददाता
    ५४० पटक

    विमल बिष्ट
    डोटी : सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र दिपायलले खोलेको नयाँ प्रहरी जवान भर्नामा अधिकाँस युवा युवती आँखा झिमकाउन नस्कदा फेल हुन थालेका छन् । प्रहरी तालीम केन्द्रले खोलेको प्रहरी जवानमा आबेदन भरेका अधिकाँस युवा युवतिहरु दुबै आँखा झिम्काउन नस्कदा फेल हुन थालेको बताईएको छ ।

    यहि पुष ५ गते बाट सुरु गरेको भर्ना छनौट प्रक्रियामा अधिकाँस युवा युवती आँखा झिम्काउन नस्दा फालिन थालेको दार्चुला बाट प्रहरी जवानका लागी आबेदन भरेका दिपक धामीले बताउनुभयो। उहाँले भन्नुभयो “देशको सेवा गरौला भनी प्रहरीमा जागीर खाने आसमा आईयो आँखा झिम्काउन सकिएन फेल भईयो ।

    धामीमात्र नभई उनिजस्ता दजर्नौ युवा युवती आँखा झिम्काउन नस्दा फेल हुन थालेपछि निरास हुदै घर फर्किन थालेका छन् । उता सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र दिपायलले आफुलाई प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखा बाट जस्तो गर्नु भन्ने परि पत्र आएको छ त्यसैका आधारमा भर्ना छनौट प्रक्रिया गरिरहेको बताउदै आएको छ ।

    तालीम केन्द्रका एकजान प्रहरी अधिकारीका अनुसार प्रहरी जवानहुनका लागि एक एक गरी दुबै आँखा चिम्लन सक्ने,शारिरीक तन्दुरस्ति भएको तथा योग्य हुनु पर्ने भनि लिखित पत्र आएकाले त्यसैका आधारमा भर्ना छनौट गरीएको हो । फेल भएका युवा युवती आँखा झिम्काउन नसक्दैमा नफालिएको तथा बिभिन्न कारणले फेल हुने गरेको भर्ना छनौटका अध्यक्ष तथा तालीम केन्द्र प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक रामकृपाल साहको दाबी छ ।

    कोही दौडमा फेल हुन्छन् त कोही साधारण बेईरिङमा उहाँले भन्नुभयो ‘बैलाई एउटैमा फेल भए भन्न मिल्दैन् फेल हुनाको बिभिन्न कारण छ। यसपटक सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र दिपायलले खोलेको नयाँ प्रहरी जवान पदका लागी करिब ६ हजार एक सय ९८ जना युवा युवतीले आबेदन भरेका छन् ।

    आँखा झिम्काउने जस्तो सामान्य चिजमा समेत फेल हुन थालेपछि यहाँका अधिकाँस आबेदन भरेका युवा युवतीमा निरास छाउन थालेको बाजुरका सुनिल बोहराले बताउनु भयो । उहाँले भन्नुभयो “पहिला आबेदन हाल्दा यो यो कुरा गर्नु पर्छ भनेन हामीले पनि घरमा केही गरेनौ यहाँ आउदा आँखा झिम्काउ भन्छन सकिदैन् प्रहरीका नियम पनि बर्षै पिच्छे बदलिन्छन् ।

    यसपटकको भर्नामा नेपाल प्रहरीले दुई दातसम्म किराले खाएको वा भाचिएको भएपनि लिने नियम बनाएको छ । यतिमात्र नभई प्रहरी तालीम केन्द्रले भर्ना छनौट प्रक्रिया निस्पक्ष तथा पारदर्शि ढंगले सुचारुका लागि बिभिन्न अनुगामन समिति समेत बनाएको छ ।

    अनुगमन समितिमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, गुल्म, लोकसेवा आयोग तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि समेत रहेका छन् भने सञ्चारकर्मिलाई पनि भर्ना छनौट प्रक्रिया हेर्न तथा समाचार सम्प्रेषणका लागि फोटो खिच्न खुल्ला गरिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...