News Portal

यातायात विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठले १ करोड ४३ लाख भष्टाचार गरेको अख्तियारको ठहर

हिमाली संचार संवाददाता
४६१ पटक

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदमा बहाल रहँदा १ करोड ३४ लाख ५ सय ७६ रुपैयाँ भष्टाचार गरेको ठहर गरेको छ ।

बुधबार अख्तियारका सहप्रवक्ता मदन कोइरालाले जारी गरेको विज्ञप्तिमा हाल वन तथा वातावरण मन्त्रालयको सहसचिव रहेका श्रेष्ठको आय व्ययको विस्तृत विश्लेषण गर्दा गैरकानुनी रुपमा आर्जन गरिएको उल्लेख छ ।

आजै विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्धा दायर गरिएको छ ।  श्रेष्ठले जागिर सुरु गरेदेखि हालसम्म २ करोड १० लाख ७७ हजार ४ चार रूपैयाँ आर्जन गरेकोमा उनको परिवारका सदस्यहरूको चल अचल सम्पत्ति सिर्जना एवं सवारी खरिद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैङ्क मौज्दात लगायतका शीर्षकहरुमा समेत गरी ३ करोड ४४ लाख ७७ हजार ५ सय ८० रुपैयाँ खर्च गरेको देखिँदा १ करोड ३४ लाख ५ सय ७६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको सम्पति पाइएको अख्तियारले जनाएको छ ।

सो सम्पतिको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन आएकोले चन्द्रमान श्रेष्ठ उपर विगो एक करोड चौतीस लाख पाँचसय छयहत्तर रुपैयाँ छयहत्तर पैसा कायम गरी कानुन बमोजिक गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत समेत गरी पाउन मागदावी लिइ विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियार सहप्रवक्ता कोइरालाले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...