News Portal

सरकारले संसद कब्जा गर्न खोज्यो : सांसद गिरी

हिमाली संचार संवाददाता
५७० पटक

काठमाडौं : सरकारले संसद कब्जा गर्न खोजेको आरोप स्वयं सत्तारुढ सांसदले लगाएका छन् । संघीय समाजवादी फोरम नेपालकी सांसद सरिता गिरीले आइतबार संसदमा भएको घटनालाई संसद कब्जा गर्ने सरकारको प्रयासका रुपमा विश्लेषण गरेकी हुन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेतृ गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पश्चात् संसदमा देखिएको दृश्यले नियामावली ‘ब्रेक–डाउन’ भएको बताइन् ।

उनले भनिन्,‘प्रधानमन्त्रीको अभिव्यक्तिपश्चात् प्रमुख प्रतिपक्षी दलले बोल्न पाउँ भनेर रोष्टम घेरिरहेको छ । त्यो हुँदाहुँदै मर्यादापालकलाई रोष्ट्रममा घेर्न लगाएर कार्यसुचीको अर्को एजेण्डामा प्रवेश भयो । संसदीय परम्पराअनुसार त्यो रिभर्स हुन्छ कि हुँदैन (मलाई थाहा छैन), तर म यसलाई नियमावली ब्रेकडाउन भएको भन्छु ।

यो सुनियोजित भएको उनको दाबी छ । त्यसको ब्याख्या गर्दै गिरीले भनिन्, ‘यो एउटा यस्तो पार्टीको तर्फबाट भइरहेको छ, जसको पोलिटिकल्ली थ्योरी जनताको बहुदलीय जनवाद छ । जवजले भन्छ कि जुन दिन हाम्रो शक्ति पुग्छ, त्यो दिन फोर्सफुल्लीपनि शक्ति क्याप्चर गर्छौं । आइतबारको घटनालाई यदि राजनीतिक दृष्टिकोणले विश्लेषण गर्ने हो भने सरकारले संसदलाई कब्जा गर्ने प्रयास गरेको छ ।

कांग्रेस पनि संसदका लागि भन्दापनि प्रतिपक्षका लागि अगाडि आएको जस्तो देखिएको टिप्पणी गरिन् । सभामुखले नियम उल्लंघन गरेको र प्रमुख प्रतिपक्षी दलले पनि आफ्नो मात्रै कुरा गरेको उनको गुनासो छ ।

‘डिजिटल एक्शन प्लान’बारे सांसदहरुले राखेको धारणालाई प्रधानमन्त्री ओलीले असभ्य भनेकोमा आपत्ति जनाइन् । सत्तारुढ फोरमकी सांसद गिरीले प्रश्न गरिन्, ‘सांसदलाई असभ्य भन्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो ? सभामुखले उहाँको बोलीमा नियन्त्रण गर्नुपर्दथ्यो । तर, सभामुखले गर्नुभएन । सभामुख फेल हुनुभएको छ ।

प्रधानमन्त्रीले सम्बोधनमा राजपा र फोरम नेपाललाई पूर्ण रुपमा बेवास्ता गरेको पनि उनले बताइन् ।सांसदले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउनुपर्ने उनको धारणा छ । तर, सभामुखले के सोच राखेर सांसदहरुलाई प्रश्न सोध्न नदिएको हो भन्ने अहिले धेरै नबोल्ने गिरीले बताइन् ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...