News Portal

दूतावासका कर्मचारीहरूले जथाभाबी खर्च गरेको भन्दै महालेखाको प्रतिवेदनमा ७६ लाख बेरुजू

हिमाली संचार संवाददाता
६९७ पटक

युएई : यूएई स्थित नेपाली दूतावासको बेरुजू ७६ लाख देखिएको छ । महालेखा परीक्षकको कार्यालयले यूनाईटेड अरब ईमिरेट्स (यूएई) स्थित नेपाली दूतावासको आर्थिक वर्ष २०७४/२०७५ सालको लेखा परीक्षणका क्रममा ७६ लाख ९ हजार रुपैयाँ बेरुजु रहेको प्रारम्भिक प्रतिवेदन तयार गरेको छ ।

पूर्व राजदूत धनन्जय झाको ४ वर्ष र पूर्व कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनको २१ महिने कार्यकालमा खर्च भएको रकम मध्ये उक्त रकम बेरुजु ठहरिएको महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

७६ लाख ९ हजार रुपैयाँ मध्ये ४६ लाख १४ हजार रुपैयाँ झा र टण्डनको कार्यकालमा कार्यरत कर्मचारीहरूबाट असुल गर्नुपर्ने भनेर महालेखाले जनाएको छ भने २४ लाख ६५ रुपैयाँ प्रमाण कागजात र बिल बिना नै खर्च गरिएको देखिएको छ।

प्रारम्भिक प्रतिवेदनले २ लाख ९७ हजार रुपैयाँ बराबरको खर्च अनियमित भएको जनाएको छ।अनियमित भएको खर्चलाई नियम कार्यविधि बनाएर नियमित गर्नुपर्ने हुन्छ। २ लाख ३१ हजार रुपैयाँ भने विभिन्न समयमा लिएको पेस्की रकम फर्स्यौट गर्न बाँकी रहेको बेरुजु छ।

दूतावासका कर्मचारीहरूले विभिन्न शीर्षकमा जथाभाबी खर्च गर्न थालेपछि महालेखापरीक्षकले प्रतिवेदनमा बेरुजुलाई असुल गर्न निर्देशन समेत दिएको छ। असुल गर्नुपर्ने के कस्ता शीर्षकमा भएका खर्च हुन् भन्ने बारे दूतावासले केही बताएको छैन।

श्रोतका अनुसार पूर्व राजदूतहरू झा र टण्डनले यूएई स्थित नेपाली संघसंस्थाहरुले छुट्टिएको दिनमा आयोजना गरेको कार्यक्रममा अतिथि बनेर उपस्थित भएको दिनको समेत दैनिक भत्ता बुझ्ने गरेका थिए।

वैदेशिक नियोग खर्च कार्यविधि अनुसार बास बस्ने गरी नभएको भ्रमणलाई दैनिक भत्ता उपलब्ध गर्न नमिल्ने भए पनि दूतावासका कर्मचारीले आफू खुसी बुझ्ने गरेका हुन्। प्रारम्भिक लेखापरीक्षणमा उक्त रकम समेत बेरुजु देखिएको हो।

वर्तमान कार्यवाहक राजदूत सागर फुयाँलले आफ्नो कार्यकालमा खर्च गराइमा अनुशासन कायम गरिएको भन्दै शुक्रवार र छुट्टिएको समयमा अफिसको काम बाहेक नेपाली संघसंस्थाको कार्यक्रममा उपस्थित कर्मचारीलाई दैनिक भत्ता नदिइएको जानकारी गराए।

खाडी मुलुकहरूमा रहेका अधिकांश दूतावासहरूमा अनियमित खर्चका कारण बेरुजु दर बढ्दो छ। वैदेशिक नियोग र दूतावासमा हुने गरेका यस्ता अनियमिततामा हालसम्म अख्तियारले समेत त्यति चासो दिने गरेको पाइँदैन। कान्तिपुर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...