News Portal

  • म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले मार्च ८ मा अधिबेशन गर्ने

    हिमाली संचार संवाददाता
    ५६३ पटक

    जनवरी ७, कुवेत : म्याग्दी प्रवासी नेपाली संघ(मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आगामी ८ मार्च २०१९ मा ऐतिहासिक प्रथम अधिबेशन गर्ने भएको छ । कुवेतको माबुल्ला स्थित शुक्रबारको दिन बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो ।

    म्याग्दी जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आएका म्याग्देलीहरुद्वारा गठन भएको म्याग्दी प्रवासी नेपाली संघ(मोना) कुवेतले छोटो समयमै कुवेतमा कार्यरत म्याग्देली पीडितहरुको उद्धार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ, भने स्वदेशमा समेत दुखी गरिबको लागि आर्थिक सहयोग गर्दै आएको छ । साथै कुवेतमा कृयाशिल विभिन्न संघसस्थाहरुसंग पनि सहकार्य गर्दै आएको छ ।

    कुवेतमा कृयाशिल संघसस्थाहरुसंग आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा सहित उक्त ८ मार्चका दिन कुवेतमा कृयाशिल कुनै पनि संघसस्थाले कार्यक्रम नजुधाइदिनको लागि पनि मोना कुवेतले आग्रह गरेको छ ।

    कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिनको ऐतिहासिक प्रथम अधिबेशन समारोह भब्य र सभ्य रुपमा सफल पार्न उपस्थितिको लागि आयोजकले अनुरोध समेत गरेको छ ।

            कार्यक्रम हुने

    स्थान : फर्वानिया, कुवेत (अल हाइतम रेस्टुरेन्ट पछाडीको हल)
    मिति : ०८ मार्च २०१९ शुक्रबार
    समय : बिहानको ११ बजे

    थप जानकारीको लागि :
    संयोजक : प्रेम बहादुर बिश्वकर्मा
    +९६५५१७८७१५

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...