News Portal

कांग्रेस र राजपासंग डरायो कम्युनिस्ट सरकार, प्रधानमन्त्रीलाई प्रश्न सोध्न सभामुखले नदिएपछि गगन थापाले के भने (भिडियो)

हिमाली संचार संवाददाता
६३३ पटक

काठमाडौं : प्रतिनिधिसभा बैठकमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रश्न सोध्न खोजे ।

कम्युनिस्ट सभामुख कृष्णबहादुरले प्रश्न सोध्न दिएनन् । त्यसपछि प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्ष राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको एउटै श्वर आएको छ।

राजपाले प्रधानमन्त्रीको सम्बोधनमाथि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रश्न गर्न नदिएर सभामुख कृष्णबहादुर महराले गल्ती गरेको टिप्पणी गरेको छ ।सभामुख महराले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै कांग्रेसले संसदमा नारावाजी गरेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिलकुमार झाले संसदीय व्यवस्थामा प्रधानमन्त्रीको संसदको सम्बोधनमाथि प्रतिपक्ष दलले टिप्पणी गर्ने व्यवस्था रहेपनि त्यसो गर्न नदिएर सभामुख महराले गल्ती गरेको प्रतिक्रिया दिए ।

आईतबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा सञ्चारकर्मीमाझ उनले संसद बस्नुको अर्थ सरकारबारे अरु दलले टिप्पणी गर्न पाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्री बोलेपछि संसदमा प्रश्न गर्न पाउने व्यवस्था संघीय संसदको नियमावलीमा रहेको दाबी पनि गरे ।

नेता झाले संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा बोल्दै नबोलेकोमा असन्तुष्टि जनाउँदै तत्सम्बन्धमा पार्टीमा गम्भीर छलफल गर्ने पनि बताए । राष्ट्रिय जनता पार्टी, नेपालले आफ्नो पार्टीको माग सम्बोधन हुने गरी तत्काल संविधान संशोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।

गगन थापाले के भने भिडियोमा हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...