News Portal

बनमन्त्री शक्ति बस्नेतकाे चरित्रहत्या गर्ने समाचारमा सचिवालयकाे अापत्ती, कार्वाहिकाे माग !

हिमाली संचार संवाददाता
४९५ पटक

काठमाडौं : बनमन्त्री शक्ति बस्नेतकाे चरित्र हत्या गर्ने गरि मिडियामा समाचार अाएपछि सचिवालयले अापत्ती जनाउँदै त्यस्तो कार्यमा संलग्न मिडिया र पत्रकारलाई कार्वाहीकाे माग गरेकाे छ ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री बस्नेतलाई घाईते पुर्व जनसेनाका सदस्यले कार्यकक्षमा कुटेकाे भन्ने समाचार केही मिडियामा लेखेपछि सचिवालयले उक्त घटना हुँदै नभएकाे बरू मन्त्री बस्नेतकाे पहलमा घाईते जनसेनालाई सहयाेग गरेकाे जनाएको छ ।

घाइतेहरूकाे समस्या हल गर्ने मन्त्रालयकाे क्षेत्राधिकार नभए पनि मन्त्रीको तर्फबाट र सचिवालय तर्फबाट अार्थिक खाद्यान्न लगाएतका सहयोग गरिएकाे स्वकीय सचिव भिम बहादुर रोकाय (मुस्कान)ले बताए । मन्त्री बस्नेत घाइते जनसेनाकाे समस्या समाधानमा पुरै लाग्नुभएकाे विषयलाई लुकाएर कपाेलकल्पित समाचार प्रकाशन गर्नु खेदजनक मात्रै हाेईन गम्भीर षड्यन्त्रमूलक पनि छ । हामी उक्त भ्रमपूर्ण र कपाेलकल्पित समाचारबाट भ्रमित नहुन अपील पनि गर्दछौ उनले भनेको मुलखबरले समाचार लेखेको छ।

यस्तो थियो समाचार

मन्त्रालयमै कुटिए वनमन्त्री शक्ति बहादुर बस्नेत ! 

 

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...