News Portal

पोस्टर टाँगेर देश चल्दैन : देउवा

हिमाली संचार संवाददाता
५४३ पटक

विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई किन सपथ गराइयो भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले चौधरीलाई सरकारले किन सपथ गराएको हो आफूले बुझ्न नसकेको बताएका हुन् । ‘सपथ किन खुवायो थाहा छैन, उनले भने ‘टीकापुरमा विना हतियार गरएका प्रहरीमाथि आक्रमण भएको हो ।

टीकापुर घटनाका अभियुक्त चौधरी पुर्पक्षका लागि थुनामा रहेकै अवस्थामा बिहीबार प्रतिनिधिसभा  सदस्यको हैसियतमा सपथ लिएका थिए ।

पत्रकारसँगको कुराकानीमा देउवाले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । उनले दुई तिहाइको दम्भमा रहेको वर्तमान सरकारले अब देश चलाउन नसक्ने दावी समेत गरे । सभापति देउवाले पोस्टर टाँगेर अब देश नचल्ने भन्दै व्यंग्य गरे ।

अहिले प्रतिपक्ष पनि कमजोर भएको हो भन्ने प्रश्नमा सभापति देउवाले भने ‘तपाईहरु छाप्नु हुन्न, बोलेको बोल्यै छु त म ।

वाइडबडी विमान खरिद छानबिन प्रकरणमा उनले आफूले लेखा समितिको उपसमितिको प्रतिवेदन अध्ययन नगरेको भन्दै त्यस विषयमा जानकारी नभएको बताए ।

निर्माला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही नसक्नु सरकारको लाचारीपन भएको उनले जिकिर गरे । यो घटना सानो नभएको भन्दै देउवाले निर्मलाको परिवारले न्याय नपाएसम्म कांग्रेसले यो विषय नछाड्ने दावी गरे ।

सरकारले समायोजनमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने भनिरहेका बेला देउवाले भने कारबाही गर्नुभन्दा सुविधा बढाएर पठाउनुपर्ने धारणा राखे । देउवाले कर्मचारीलाई आतंकित बनाउनु भन्दा पनि उनीहरुलाई थप इन्सेन्टिभ दिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...