News Portal

पोस्टर टाँगेर देश चल्दैन : देउवा

हिमाली संचार संवाददाता
४६५ पटक

विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई किन सपथ गराइयो भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले चौधरीलाई सरकारले किन सपथ गराएको हो आफूले बुझ्न नसकेको बताएका हुन् । ‘सपथ किन खुवायो थाहा छैन, उनले भने ‘टीकापुरमा विना हतियार गरएका प्रहरीमाथि आक्रमण भएको हो ।

टीकापुर घटनाका अभियुक्त चौधरी पुर्पक्षका लागि थुनामा रहेकै अवस्थामा बिहीबार प्रतिनिधिसभा  सदस्यको हैसियतमा सपथ लिएका थिए ।

पत्रकारसँगको कुराकानीमा देउवाले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । उनले दुई तिहाइको दम्भमा रहेको वर्तमान सरकारले अब देश चलाउन नसक्ने दावी समेत गरे । सभापति देउवाले पोस्टर टाँगेर अब देश नचल्ने भन्दै व्यंग्य गरे ।

अहिले प्रतिपक्ष पनि कमजोर भएको हो भन्ने प्रश्नमा सभापति देउवाले भने ‘तपाईहरु छाप्नु हुन्न, बोलेको बोल्यै छु त म ।

वाइडबडी विमान खरिद छानबिन प्रकरणमा उनले आफूले लेखा समितिको उपसमितिको प्रतिवेदन अध्ययन नगरेको भन्दै त्यस विषयमा जानकारी नभएको बताए ।

निर्माला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही नसक्नु सरकारको लाचारीपन भएको उनले जिकिर गरे । यो घटना सानो नभएको भन्दै देउवाले निर्मलाको परिवारले न्याय नपाएसम्म कांग्रेसले यो विषय नछाड्ने दावी गरे ।

सरकारले समायोजनमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने भनिरहेका बेला देउवाले भने कारबाही गर्नुभन्दा सुविधा बढाएर पठाउनुपर्ने धारणा राखे । देउवाले कर्मचारीलाई आतंकित बनाउनु भन्दा पनि उनीहरुलाई थप इन्सेन्टिभ दिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...