News Portal

सृजशिल युवा समाज नेपाल–कुवेतले अन्तरक्रिया तथा राष्ट्रिय सम्मान कार्यक्रम गर्दै

हिमाली संचार संवाददाता
६३७ पटक

काठमाडौं : आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक परिवर्तनले मात्रै समाज पूर्ण रुपमा परिवर्तन हुँदैन । समाज परिवर्तनका लागि युवाहरुमा सकारात्मक सोच र सृजनशिलता हुन पनि उत्तिकै आवश्यक छ ।यसका लागि मानिसहरु संगठित हुनैपर्छ । यहि सोचका साथ ‘सृजशिल युवा समाज नेपाल–कुवेतʼको स्थापना भएको हो । अहिले यसले ‘स्वदेशदेखि प्रवासम्म गरौँ एकता, सामाजिक कार्यमा सामुहिक प्रतिबद्धताʼ भन्ने मूल नाराका साथ सामाजिक कार्यहरु गर्दै आइरहेको छ । सोही संस्थाले शुक्रबारअन्तरक्रिया तथा राष्ट्रिय सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

सामाजिक सुरक्षा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यमा काठमाण्डौ सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सो कार्यक्रम सम्पन्न हुने भएको हो ।

स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्य गरेको यो संस्थाले गरेका सामाजिक कार्यहरु :

१) २०७४ सालमा नयाँ बर्षको अवसरमा गोकर्णस्थित संयुक्त एकता केन्द्रको भवन निर्माणका लागि रु. ५०००० सहयोग साउदिबाट घरेलु काममा कष्टकर जीवन बिताइरहेकी दुर्गा देवी राइलाई उद्धार गरी समाजकै हवाई टिकटमा नेपाल पठाई सहयोग गरेको ।

२) कंचनपुरमा एक अग्नि पिडित परिवारलाई १६ हजार नगद र श्रमदान गरी गाँस–बासको ब्यावस्था गरेको ।

३) स्तन क्यान्सर दुर्गा माया ठकुरीलाई १६ हजार आर्थिक सहयोग गरेको ।

४) २०७४ साउन महिनामा अबिरल वर्षाका कारण कैलाली जिल्लामा डुबानमा परेका १० घरपरिवारलाई लत्ताकपडा र स्कुल सामाग्री सहित ९३ हजार बराबरको सहयोग बितरण गरेको ।

५) दार्चुलाका क्यान्सर पिडित ७ बर्षीय बालक रोसन धामिलाई उपचारका लागि ४८ हजार आर्थिक सहयोग गरेको ।

६) कुवेतमा जेन्डिसको बिरामले थला परेकी पुनम कामीलाई सहयोग गरेको ।

७) भुकुम्पपछि सिन्धुपाल्चोकमा पुनर्निर्माणमा खटिएका समाजिक अभियन्ता सुन्तलीधुर्मुस फाउण्डेसनलाई १२ हजार आर्थिक सहयोग गरेको ।

८) लामो समयदेखि मानव तस्करहरुको फन्दामा परी ईराकमा बेचिई कस्टकर जीवन बिताइ रहेकी रिदा सार्की नेपाल फर्किन विभिन्न कागजात र हवाई टिकटको लागि १५०० अमेरिकी डलर खर्च गरेको ।

९) त्यसै गरि कुवेतबाट अम्बिका हमाल, सरिता गिरि, मनिता श्रेष्ठ, रिखा धिमाल, गिता खत्रि, माया तामाङ, अस्मि तामाङ, सबिता परिवार, बिमला ओली, साबित्रा बिक, सर्मिला गिरि, अनिता लिम्बू, रन्जिता कार्की, रुपा बिक, अनु राई, भगि माया राई, सर्मिला परियार लगायत अन्य चेलिबेटी तथा बालबालिकाहरुको उद्वार गरेको छ ।

समाजले आर्थिक सहयोग आफ्नै सदस्यहरुबाट मात्रै संकलन गर्ने गरेको छ । भविष्यमा यो समाजले आफ्नै साझा गृह संचालन गरी अनाथ, अशक्त, समाजबाट अपहेलित बेसाहारा नागरिकहरुलाई सेवा दिने, देश बिदेशमा बिचल्लि परेका नेपाली नागरिकहरुलाइ उद्दार गर्ने लक्ष लिएको छ ।

समाजलाई सकारात्मक सोचको सृजना गर्ने खालका जनचेतनामूलक कार्यक्रम गरी युवाहरुको जनशक्ती र सुचना प्रविधिको प्रयोग गर्दै युवाहरुको ज्ञान सिपबाट स्वदेशमै रोजगारीको अवसर सृजना गर्ने भावि योजना रहेको छ ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...