News Portal

  • जनवरी ११ मा तमु प्ये ल्हु संघ कुवेतले तमू ल्होसार भब्यरुपले मनाउने

    हिमाली संचार संवाददाता
    ६९२ पटक

    सुरेश गुरुङ
    कुबेत : तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब “तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभकामना आदानप्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रम साथ जनवरी ११ तरिख २०१९ शुक्रबार दिन कुबेतको फर्वानियास्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ।

    “प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात (शास्त्र हराए संस्कार हराउँछ ,संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ )भन्ने मुल नाराको साथमा कुवेतमा स्थापना भएको “तमु प्ये ल्हु संघ, कुवेत” ले कुवेत पनि तमु/गुरुङहरुको मौलिक धर्म ,संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने र प्रत्येक तमुहरुलाइ प्ये ताँ ल्हु ताँ बारे जानकारी गराउने र कुवेतमा आफ्नो तमु मौलिक चाडपर्वहरु पनि मान्दै आएको छ ।

    कार्यक्रमलाई सब्य भब्य सफल पार्नको लागि बहराइन एक्स्चेन्ज कम्पनी(BEC) कुवेतले मुख्य प्रायोजन गरेको छ। भने साथमा स्थानीय कलाकारहरुको आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथिहरुलाई संस्थाका कलाकरहरुको जोडदार प्रस्तुतीको साथ मनोरञ्जन दिने अध्यक्ष उमा तमुस्योले जानकारी दिएकि छन।

    उक्त तमु फो-ल्होसार कार्यक्रम लाई ऐतिहासि, रुपमा भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी आयोजकले अनुरोध गरेको छ।

                तपशिल

    मिति : जनावारी ११ तारिक २०१९ शुक्रबार
    समय : ठिक १२ बजे देखी
    स्थान : फर्वानिय आइडियल अडिटोरियम हल
    आयोजक : तमु प्ये ल्हु संघ कुबेत।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संख्यामा मात्रै निर्भर हुनु हुँदैन, वैधता र आत्मविश्वास आवश्यक: गगन थापा

    काठमाडौं, भदौ ४ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतान्त्रिक निर्णय गर्दा केवल संख्या पर्याप्त...

    कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाको शव नेपाल ल्याउन सांसद शर्माको सरकारसमक्ष ध्यानाकर्षण

    काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको...

    रास्वपाद्वारा उपसभामुख इन्दिरा रानामगरमाथि आक्रमणको विरोध

    काठमाडौँ, भदौ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि भएको आक्रमणको कडा...

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं, भदौ ४ – प्रतिनिधि सभामा आजका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा आएर...

    गैरसरकारी संस्थाको खर्च सीमा तोक्ने विधेयकमा गृह मन्त्रालयले माग्यो राय

    काठमाडौं, भदौ  ४ – गैरसरकारी संस्थाको खर्च व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउन सरकार अघि बढेको...