News Portal

  • अदालतको निष्पक्षता र सक्षमतामा प्रश्न उठे गम्भीर निर्णय लिनुपर्छ : प्रधानन्यायाधीश

    हिमाली संचार संवाददाता
    ५५९ पटक

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिन सुझाव दिएका छन् । बुधबार पदभार ग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानन्यायाधीश जबराले जोशीलाई अदालतलाई बन्धक नबनाउन र निकास दिन आग्रह गरे ।

    ‘वरिष्ठ न्यायाधीशको हिसाबले अब उहाँले अदालतलाई बन्धक बनाउनु हुँदैन, अदालतलाई अझै विवादमा पार्नु हुदैन, मेरो उहालाई हार्दिक अनुरोध छ, अदालतलाई निकास दिलाउनुहुन्छ भन्ने विश्वास दिलाउँछु’ उनले भने । प्रधानन्यायाधीश जबराले अब जोशीको कुनै पेशी नतोकिने पनि बताए । ‘आज उहाँलाई पेशी तोकिएको छैन र भविष्यमा पनि तोकिने छैन’ उनले भने ।

    अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा प्रश्न उठेकाले आफूले गम्भीर निर्णय लिएको पनि प्रधानन्यायाधीश जबराले बताए । ‘अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा कतै पनि प्रश्न उठ्न हुँदैन’ उनले भने ‘अदालतको जनआस्थामा यदि वृद्धि हुन्छ भने हामी सबैले हाम्रा विषयमा उठेका गम्भीर प्रश्नहरुबाट हामी बाटो लाग्नुपर्छ ।

    आफूले संसदीय सुनुवाइ समितिमा पनि यस विषयमा प्रतिवद्धता जनाएर आएको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले सार्वभौम संसदको निर्णय मान्नुपर्ने पनि बताए ।

    ‘सार्वभौम सम्पन्न संसदीय समितको निर्णयलाई मान्नुपर्छ र त्यसको निर्णयको सम्मान हुनुपर्छ, म प्रस्तावित प्रधानन्यायाधीशको हिसाबले प्रधानन्यायाधीशको पदमा आएँ भने म सुनुवाइ समितिको सम्मान गर्छु भनेको थिएँ’ उनले भने ‘यो (जोशीविरुद्धको निर्णय) मैले त्यहाँ गरेको प्रतिवद्धता हो ।

    आफूले सबै नागरिक, पत्रकार, सेवाग्राही, कानून ब्यवसायी र सबै न्यायाधीशको भावनाअनुसार कठोर निर्णय लिएको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले आफ्ना सहपाठी जोशीविरुद्ध यस्तो निर्णय गर्दा दुखी भएको बताए ।

    ‘आज मैले सबै नागरिक, पत्रकार, सेवाग्राही, कानून ब्यवसायी र सबै मित्रहरुको भावनाबाट कठोर निर्णय गरेको छु’ उनले भने ‘साथीभाइको नाता सम्बन्धले मात्र हुँदैन । त्यसकारण मैले यो गम्भीर निर्णय लिएको हुँ ।

    सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशी बुधबार प्रधानन्यायाधीश जबरालाई बधाइ दिन सर्वोच्च अदालत आएका थिए । तर पत्रकार सम्मेलनमा अरु सबै न्यायाधीशलाई सहभागी गराए पनि जबराले उनलाई सहभागी गराएनन् ।

    शैक्षिक प्रमाणपत्र विवादलगायतका कारणले संसदीय सुनवाइ समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि यसअघि ओमप्रकाश मिश्रको कार्यकालमा भने उनी न्यायाधीशको भूमिकामा रहेका थिए । तर जबराले उनलाई न्यायाधीशको भूमिकामा पनि काम नगर्न सुझाएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...