News Portal

२०१८ मा कुवेतमा ४८ जना नेपालीको मृत्यु

हिमाली संचार संवाददाता
९१५ पटक

राज मल्ल
कुवेत : कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरी मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन ।

सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको छ। त्यसैगरि बिभीन्न रोगका कारण ९ जना, सड़क दूर्घटनामा परि ८ जना, काम गर्ने ठाउमा ३ जना, डुबेर १ जना, करेन्ट लागेर १ जनाले ज्यान गुमाएका छन ।

५ जनाको मृत्युवारे अनुसन्धान हुदैछ भने ३ जनाले आत्महत्या गरेका छन भने १ जनाको हत्या (मडर) गरि जम्मा ४८ जना नेपालीले ज्यान गुमाएको नेपाली राजदूतावास कुवेतका द्वितीय सचिब ज्ञान बहादुर मगरले जानकारी दिएका छन ।

करिव १ लाखको हारीहारीमा नेपालीको जनसंख्या रहेको कुवेतमा बिगतमा बर्षहरुमा भन्दा यो बर्ष नेपालीको मृत्यूदर अत्याधिक बढ्दो छ । ख़ास गरि अब्यवस्थित खानापानका साथै अत्याधिक मदिरा सेवनका कारण हृदयघात क्रम बढ्दो छ ।

ट्राफिक नियम सम्बन्धि प्राप्त ज्ञान नहुदा पनि धेरै सड़क दूर्घटनामा परि ज्यान गुमाएका छन । भने भागिरथ चापागाई अझै कोमा मै रहेको छन।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...