News Portal

  • उत्तरी इलामका सीमावर्ती क्षेत्रमा लुगलुग काँप्दै प्रहरी !

    हिमाली संचार संवाददाता
    ५०२ पटक

    विप्लव भट्टराई
    इलाम : घाम नदेखेको साता दिन पुग्यो । अहिले हिउँ झर्ला जस्तो छ । उत्तरी इलामका सीमावर्ती क्षेत्रको गत बिहीबार साँझको अवस्था हो यो । यो बेला अधिकांश बासिन्दा नियमित काम सकेर आगाको शरणमा पुगिसकेका हुन्छन् ।

    तर ३ हजार मिटर उचाइको कालपोखरी चौकीका असई प्रेमप्रसाद श्रेष्ठ भने ड्युटीमै छन् । यही मौसममा केही परे उनी ३ हजार ६ सय ३६ मिटर अग्लो सन्दकपुर पनि पुग्नुपर्छ । चिसोले हातखुट्टा चलाउनै मुस्किल हुने यो स्थानमा उनीसहित रहेका टोलीले तराईका प्रहरीसरह कपडा लगाएर सुरक्षा चाँजोपाँजो मिलाउनुपरेको हो ।

    सीमावर्ती जौबारीका असई विनोद विश्वकर्माको अवस्था पनि ठ्याक्कै उस्तै छ । पारि भारतीय सीमासुरक्षा बल (एसएसबी) न्यानो हिमाली ज्याकेट, सोहीअनुसारका बुट, पन्जा र कपडा लगाएर ड्युटी गरिरहँदा नेपालतर्फका प्रहरी भने लुगलुग काँप्दै काममा खटिन्छन् । ‘हामीले हेर्नुपर्ने अधिकांश स्थान अत्यन्त चिसो क्षेत्रमा पर्छ,’ उनले भने, ‘कहीं पुगेर आएपछि घन्टांै हात ठिहिर्‍याएर खाना खान पनि सकिँदैन ।’ न्यानो ठाउँबाट ड्युटी गरी आएकाहरूलाई त चिसोले बिरामी बनाउने उनको अनुभव छ । कतिपय अवस्थामा अक्सिजनको कमीले सास फेर्न पनि गाह्रो हुने प्रहरी बताउँछन् ।

    ड्युटीमा हुँदा बर्दी लगाउनैपर्‍यो तर जिल्लाका अति चिसो हुने स्थानमा नियमित काम गर्नुपर्ने प्रहरीका लागि पनि गर्मी स्थानमा जस्तै मात्र कपडा प्रदान गरिन्छ । हिमालले छोएका जिल्लालाई चाहिँ न्यानो कपडासहित खाद्यान्नमा पनि फरक व्यवस्था गरिएको छ तर उत्तिकै उचाइ र चिसो हुने अन्य जिल्लाका लागि देशभर एउटै नियम भएकाले खाद्यान्नसहित न्यानो ज्याकेट, पाइन्ट, स्विटरलगायत सामग्री पाउँदैनन् । ‘२०१२ सालमा प्रहरीको स्थापनासँगै गरिएको नियममा कहिल्यै फेरबदल गरिएको छैन,’ इलामका प्रहरी नायब उपरीक्षक टंक भट्टराईले भने, ‘मुलुकमा हरेक परिवर्तन भए । सोहीअनुसार सबै क्षेत्रका राष्ट्रसेवकका हकमा सेवासुविधामा धेरै वृद्धि भयो तर प्रहरीका लागि कठ्याङग्रएर मर्ने अवस्थामा पनि ज्याकेटसम्म दिने प्रावधान आएन ।’

    इलाममा अति चिसो हुने स्थानमा दर्जन प्रहरीचौकी छन् । केही त ३ हजार मिटर उचाइ आसापास छन् । छिमेकी पाँचथर जिल्लाको उत्तिकै उचाइमा काम गर्ने प्रहरीले न्यानो कपडासहित अन्य सुविधा पाउँछन् तर यहाँकाले पाएका छैनन् । पाँचथरको राँके र इलामको रक्से चौकी उस्तै उचाइमा छन् । सबैको ड्युटी उस्तै हो । कहिलेकाहीं हिउँसम्म झर्ने यो स्थानका प्रहरीबीच भने भेद छ । यो अवस्था मुलुकभरकै रहेको डीएसपी भट्टराई बताउँछन् ।

    कालपोखरी चौकी करिब ३ हजार मिटर उचाइमा छ । उस्तै उचाइमा जौबारी पनि छ । बर्खायाममै लुगलुग काँप्नुपर्ने मानेभन्ज्याङ, पशुपतिनगर, नयाँ बजार, बन्दुकेलगायतका प्रहरीले झापामा रहेका प्रहरीसरहै पोसाक लगाएर नियमित ड्युटी गर्नुपर्छ ।

    जिल्ला प्रहरी कार्यालयसहित ‘क’ श्रेणीका २ इलाका, ‘ख’ श्रेणीको १ इलाका र ३६ चौकी छन् । अधिकांश चौकीका प्रहरीको अवस्था उस्तै छ । सम्बन्धित चौकीबाट अत्यन्तै चिसो भएर काम गर्न कठिन भएको निवेदन आएपछि जिल्लाले पनि सम्बन्धित निकायमा अनुरोध गरेको छ । यो विषयमा भने अहिलेसम्म सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

    कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने...

    विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

    काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब...

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका...

    प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

    काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा...

    १० करोडको चेक बाउन्स प्रकरणमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

    काठमाडौं, भदौ १ – कुख्यात गुन्डा नाइके राजु गोर्खाली राजधानी काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको छ।...