News Portal

शिक्षामा दलित बच्चाहरुको लागी कुवेतबाट आर्थिक सहयोग

हिमाली संचार संवाददाता
६१० पटक

कुवेत : कुवेतबाट दलित बच्चाहरुको शिक्षाको लागी आर्थिक सहयोग गरीएको छ । बिश्वकर्मा समाज बौदीकाली नवलपुरका बिदेश संयोजक छबी राम सुनारको पहलमा संकलित रु १२ हजार रकम दलित बच्चाहरुको शिक्षाको लागी सहयोग गरीएको हो ।

उक्त संकलित सहयोग रकम आज बिश्वकर्मा समाज बौदीकाली नवलपुरका अध्यक्ष बिर बहादुर बिकलाई अलमूल्ला एक्सचेन्जबाट रकम पठाईएको बिदेश संयोजक छबी राम सुनारले बताए ।

दलित बालबालिकाको शिक्षामा पहुँच अभियानको लागी आर्थिक सहयोग गरेको सुनारले बताए।

दलित समुदाय भन्नाले राज्यले सेवा सुविधाबाट बञ्चित गरेको, आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, धार्मिक संस्कृति पछाडि पारिएको समुदाय हो। उनले भने दलित समुदायको समस्या धेरै रहेको बिषय सबैलाई जानकारी रहेको बिषय हो । जसमध्ये दलित समुदायको शिक्षामा पहुँच नभएकोले दलित समुदायको उन्नति प्रगति नभएको बुझिन्छ।

दलित समुदायको सबै बालबालिकाहरूको शिक्षामा पहुँच हुनुपर्छ भने उद्देश्यका साथ सबै मिली दलित बालबालिकाको शिक्षामा पहुँच अभियान सुरू गरेका र यस अभियानमा सबैको सहभागिताको लागी समाजका बिदेस संयोजक छबी राम सुनारले अनुरोध समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...