News Portal

शिक्षामा दलित बच्चाहरुको लागी कुवेतबाट आर्थिक सहयोग

हिमाली संचार संवाददाता
६५४ पटक

कुवेत : कुवेतबाट दलित बच्चाहरुको शिक्षाको लागी आर्थिक सहयोग गरीएको छ । बिश्वकर्मा समाज बौदीकाली नवलपुरका बिदेश संयोजक छबी राम सुनारको पहलमा संकलित रु १२ हजार रकम दलित बच्चाहरुको शिक्षाको लागी सहयोग गरीएको हो ।

उक्त संकलित सहयोग रकम आज बिश्वकर्मा समाज बौदीकाली नवलपुरका अध्यक्ष बिर बहादुर बिकलाई अलमूल्ला एक्सचेन्जबाट रकम पठाईएको बिदेश संयोजक छबी राम सुनारले बताए ।

दलित बालबालिकाको शिक्षामा पहुँच अभियानको लागी आर्थिक सहयोग गरेको सुनारले बताए।

दलित समुदाय भन्नाले राज्यले सेवा सुविधाबाट बञ्चित गरेको, आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, धार्मिक संस्कृति पछाडि पारिएको समुदाय हो। उनले भने दलित समुदायको समस्या धेरै रहेको बिषय सबैलाई जानकारी रहेको बिषय हो । जसमध्ये दलित समुदायको शिक्षामा पहुँच नभएकोले दलित समुदायको उन्नति प्रगति नभएको बुझिन्छ।

दलित समुदायको सबै बालबालिकाहरूको शिक्षामा पहुँच हुनुपर्छ भने उद्देश्यका साथ सबै मिली दलित बालबालिकाको शिक्षामा पहुँच अभियान सुरू गरेका र यस अभियानमा सबैको सहभागिताको लागी समाजका बिदेस संयोजक छबी राम सुनारले अनुरोध समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...