News Portal

सांसद गगन थापा बोल्दाबोल्दै माइक काटेपछि संसदमा कांग्रेसद्वारा हँगामा

हिमाली संचार संवाददाता
४४७ पटक

काठमाडौं : नेपाली कांग्रेसका सांसद एवं युवा नेता गगनकुमार थापाले बोल्दै गर्दा माइक काटिएको विषयमा कांग्रेसले विरोध गरेको छ। शुक्रबारको संसदको बैठकमा सांसद थापालाई सभामुख कृष्णबहादुर महराले ३ मिनेटको समय दिएका थिए ।

सांसद थापाले आफनो मोबाइलको घडी हेरेर कम्युनिस्ट सरकारका गलत क्रियाकलाप हरूको भण्डाफोर गरेका थिए । नेपाली कांग्रेसका सांसद थापाले बोल्दै गर्दा माइक काटिएको थियो ।

३० सेकेण्ड समय हुँदाहुँदै सभामुख महराले माइक काटेपछि कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले उभिएर संसद भवनभित्र रहेको घडी बिग्रिएको र अव्यवस्थाको विरोध गरेका थिए ।

उनले गगन थापाले बोल्दै गर्दा समय हुँदाहुँदै किन माइक काटेको भनेर आपत्ति जनाए। त्यसपछि सभामुख महराले प्राविधिक विषयमा समस्या भएको भन्दै सचिवालयलाई घडी बनाउन निर्देशन दिएका थिए ।

कांग्रेसका युवा नेता थापाले शेरबहादुर देउवाले नेतृत्वको गरेको सरकारले ल्याएको कर्मचारी समायोजन सम्बन्धी विधेयकलाई छलेर प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले अध्यादेशबाट कर्मचारी समायोजन गरेको भन्दै विरोध गरे ।

संसदलाई छलेर ओली सरकारले अध्यादेशबाट कर्मचारी समायोजन गर्न खोजेको भन्दै विभेदकारी अध्यादेश फिर्ता गरेर कर्मचारी समायोजन विधेयक सदनमा पेश गर्न कांग्रेसका सांसद थापाले कम्युनिस्ट सरकारलाई चेतावनी दिए ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...