News Portal

युएईको नेपाली दूतावास कुन क्षेत्रमा सर्दैछ ?

हिमाली संचार संवाददाता
६११ पटक

रामकुमार परियार
युएई : संयुक्त अरब ईमिरेट्स (युएई) को अबुधाबीस्थित नेपाली दूतावास आगामी आईतबार देखि नयाँ ठाउँमा सर्ने भएको छ। दुतावासले सोमबार एक सूचना जारी गर्दै अबुधाबीको अल करामा क्षेत्रमा रहेको दूतावास आगामी पुस १५ देखि अल नयन क्षेत्रमा सर्ने जनाएको हो।

हाल दूतावास रहेको अल करामा क्षेत्र अबुधाबीको मुख्य केन्द्रबाट करिब ३ किलोमिटर भित्र पर्छ। यहाँ  आईपुग्न सार्वजनिक सवारीसाधनको प्रयोग गरि विभिन्न राज्यबाट आउने सेवाग्राहीले अबुधाबीको मुख्य बस टर्मिनलबाट पुनः ट्याक्सी चढ्नुपर्ने स्थिति थियो। यसबापत सेवाग्राहीले थप अतिरिक्त शुल्क र समयको भार व्यहोर्दै आएका थिए।

सेवाग्राहीको सेवा र सुविधालाई ध्यान दिंदै नेपाल र युएईको परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर नयाँ स्थानमा दूतावास सार्ने निधो गरिएको दूतावासले जनाएको छ।

दूतावासको स्थान्तरण पछि कार्यालय प्रयोजनका लागि आवश्यक नयाँ भवनका लागि घरधनीसंग गत आईतबार ५ वर्षको सम्झौता गरिएको नेपाली दूतावासका कार्यवाहक राजदुत सागर फँयालले जानकारी दिए।

करिब १० हजार वर्ग्फिट क्षेत्रफलमा फैलिएको दूतावास परिसरमा १८ कोठाको साढे ३ तले भवन , सभा हल र महिला सुरक्षीत आवास गृह रहने फुयाँलले बताए।

नयाँ ठाउँ पुग्न अबुधाबीको मुख्य बस टर्मिनलमा झरेर पूर्वतर्फको आकाशे पुल पार गरी तीनदेखि पाँच मिनेटसम्म हिँड्नुपर्छ। दूतावासको स्थान परिवर्तन गरिएपनि टेलीफोन, ईमेल र फ्याक्स नम्बरहरु यथावत रहने दूतावासले जनाएको छ।

नेपाल र युएई बिच २२ जनवरी १९७७ मा कुटनैतिक संबन्ध स्थापना भएको हो। निर्माण, सुरक्षा, सेवा र व्यवसायिक क्षेत्रमा गरि करिब ४ लाख नेपाली युएईमा कार्यरत रहेको बताईन्छ।

हेर्नुहोस दूतावासद्वारा जारी बिज्ञप्ती !

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...