News Portal

निर्मला र बाइडबडी प्रकरणमा प्रधानमन्त्री ओलीले खोले मुख

हिमाली संचार संवाददाता
४३१ पटक

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको भए छानबिन गर्ने बताएका छन् । बिहीबार बसेको नेकपा स्थायी कमिटीमा ओलीले यस्तो बताएका हुन् ।

बुधबार बसेको संसद बैठकमा विपक्षी नेता शेरबहादुर देउवाले बाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै छानबिन गर्न माग गरेका थिए । त्यस्तै नेकपा नेताहरुले पनि आज बाइडबडी खरिद प्रकरणमा ओलीलाई प्रश्न गरेपछि मुख खोलेका हुन् ।

यस्तै ओलीले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त प्रकरणमा पनि बैठकमा मुख खोलेका छन् । बैठकमा उनले निर्मला प्रकरणमा सुरुमा  केही कमजोरी भएपनि अहिले प्रभावकारी रुपमा छानबिन भइरहेको बताए ।

उनले भने, ‘आवश्यक परेकाहरुको डीएनए टेष्ट गरेर भएपनि दोषी पत्ता लगाएर छाड्छौं ।’

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...