News Portal

सन्दीपको सनसनी जारी, लिए तीन खेलमा सात विकेट

हिमाली संचार संवाददाता
५९६ पटक

काठमाडौं– अस्ट्रेलियन बिग बास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सशक्त प्रदर्शन जारी राखेका छन् । लिग अन्तर्गत बिहीबार भएको तेस्रो खेलमा सन्दीपको सशक्त प्रदर्शनमा मेलबर्न स्टार्सले पहिलो जित हात पारेको छ । यस जितसँगै सन्दीप प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । सन्दीपको ब्यक्तिगत सात विकेट पुगेको छ ।

बिहीबार भएको खेलमा सन्दीपले चार ओभरमा मात्रै १८ रन खर्चेर दुई विकेट लिएका थिए ।

जसमा मेलबर्नले सिड्नी सिक्सरविरुद्ध पाँच विकेटको जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ गरेको सिड्नी सिक्सरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एकसय ३० रन बनाएको थियो । जवाफमा सन्दीपको टोली मेलबर्नले १४.५ ओभरमा पाँच विकेट गुमाएर एकसय ३२ रन बनाएको थियो । मेलबर्नको जितमा पिटर ह्यान्ड्सकम्बले ७० रन बनाए ।

सन्दीपले यस अघिका खेलमा पनि लगातार विकेट लिएका थिए । उनले डेब्यु खेलमै सिड्नी थन्डरविरुद्ध दुई र होबर्ट हुरिकेन्सविरुद्ध तीन विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...