News Portal

कुवेतमा आउदो शुक्रबार हुन लागेको तमू ल्होसार बिशेष कार्यक्रमको तयारी पुरा

हिमाली संचार संवाददाता
६१३ पटक

कुवेत : तमू ल्होसार २०१८ का अबसरमा आगामी डिसेम्बर २८ शुक्रबार हुन लागेको “तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभकामना आदानप्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको तमु समाज कुवेतका अध्यक्ष राजु गुरुङले हिमाली संचारलाई जानकारी दिए।

स्थापानाकाल देखी हरेक बर्ष बिबिध कार्यक्रम गरी ल्होसार मनाउदै आएको समाजले यो बर्ष पनि बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ धुमधाम तरिकाले मनाउने भएको छ।

खासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होसार पर्वका बिशेषताहरु भएपनि प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई हातेमालो गर्दै जाने उदेश्यले तमू समाज, कुवेतले ल्होसार पर्व एक समावेशी ढंगबाट मनाउने भएको हो। साथै उक्त दिन तमुकलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती पनि रहने समाजले जनाएको छ।

आउदो २८ डिसेम्बर २०१८ शुक्रबारको दिन कुबेतको साल्मियास्थित ईन्डियन पब्लिक स्कुलको सभाहलमा तमु ल्हाेसार बिशेष शुभकामना आदानप्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक ल्हाेसार कार्यक्रमकाे आयोजना गरिएकाे हुँदा कुबेतमा छरिएर रहनु भएका सम्पुर्ण तमु-तमुस्याेहरु कुवेतमा क्रियाशील नेपाली संघ संस्था, पत्रकार, कलाकार, खेलाडी, बुद्धिजिवी, समाजसेवी, व्यावसायि तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई निमन्त्रणा इमेल, मेसेन्जरको माध्यमबाट पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी तमु समाज कुबेतले अनुरोध गरेको छ।

             तपशिल

कार्यक्रम : तमू फो ल्हो ल्हाेसार
मिति : २८ डिसेम्बर २०१८ शुक्रबार
समय : दिउँसो १२ बजे
स्थान : indian public school (एपोलो मेडिकल सेन्टर ओपोजिट, साल्मिया – कुवेत)
आयोजक : तमु समाज कुबेत।

प्रतिकृया दिनुहोस्

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...