News Portal

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई ७ वर्ष जेल सजाय

हिमाली संचार संवाददाता
६३९ पटक

इस्लामवाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले सोमबार ७ वर्षको जेल सजायको फैसला सुनाएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण यसअघि देखि नै थुनामा रहेका सरिफलाई अदालतले सोमबार अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो ।

फैसला पूर्व प्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि आएका बताइएको छ ।

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका सरिफले भने आफूमाथि लागेका भ्रष्टाचारसम्बन्धी सबै आरोपहरूको खण्डन गरेका छन् । उनले पाकिस्तानमा प्राय हाबी हुने शक्तिशाली सुरक्षा निकायले पूर्वाग्रहपूर्वक आफूमाथि भ्रष्टाचारको मुद्दा लगाएको र यसको प्रभाव अदालतहरूमा समेत परेको आरोप लगाउँदै आएका छन् ।

सोमबारको फैसलामा राज्य शक्ति र स्रोतको दुरुपयोग गरेर मध्यपूर्वमा परिवारको तर्फबाट व्यापार गरेको र त्यसमा अनियमितता भएको भेटिएको उल्लेख छ ।पाकिस्तानी राज्यद्वारा सञ्चालित टेलिभिजनले उनलाई अदालतले १५ लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकेको समाचार प्रसारण गरेको छ ।

थुनामा रहेका सरिफलाई अब लाहोरस्थित जेलमा लगिने अधिकारीहरूले जनाएका छन् । फैसला सुनाइएपछि अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । फैसलापछि शरीफ र उनको पार्टीका समर्थकहरूले अदालत विरुद्ध आक्रोश व्यक्त गरेका थिए भने उनीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।

शरिफको पार्टी पिएमएल—एनका नेता सहिद खाक्वान अब्बासीले अदालतको फैसलाका विरुद्धमा पुनरावेदन दिने बताए । अदालतले सरिफलाई आजीवन राजनीतिमा अयोग्य पनि घोषणा गरेको छ ।

भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने निकायहरूले सरिफका अन्य फरक फरक तीन मुद्दामा पनि अनुसन्धान गरिरहेका छन् । पाकिस्तानमा गत जुलाईमा भएको आम निर्वाचनका लागि लन्डनबाट पाकिस्तान फर्केका सरिफ सहित उनकी छोरी पक्राउ परेकी थिइन् । एएफपी

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...