News Portal

आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ : प्रधानमन्त्री ओली

हिमाली संचार संवाददाता
५५० पटक

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र सदस्य भीम रावलबीच चर्काचर्की भएपछि बैठक नै स्थगित भएको छ ।

आइतबार स्थायी कमिटी बैठकमा रावलले हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनका बारेमा पार्टी र सरकार नेतृत्वले सहभागी भएर गल्ती गरेको भन्दै आत्मालोचना गर्नुपर्ने माग गरेका थिए । नेकपा स्रोतका अनुसार रावललाई बैठकमा स्थायी कमिटीका सदस्यहरू घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, अग्निप्रसाद सापकोटा लगायतका नेताले साथ दिए ।

तर प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गल्ती नभएको भन्दै आत्मालोचना गर्दिनँ भनेर कड्किँदै जवाफ दिएपछि बैठकमा चर्काचर्की बढ्यो । बैठकमा सहभागी एक नेताका अनुसार रावल सहितका नेताहरुले जसरी भए पनि नेतृत्वले आत्मालोचना गर्नैपर्ने अडान राखे भने ओलीले नगर्ने अडान राखिरहेकाले बाझाबाझ नै भयो ।

बैठकमा सहभागी एक नेताले रावलको भनाई उद्धृत गर्दै भने, ‘आत्मालोचना नगरेसम्म हामी छोडदैनौँ, गल्तीलाई गल्ती भयो भनेर हामीले किन स्वीकार नगर्ने ?’ अध्यक्ष ओली पनि के कम ।

‘पार्टी र सरकार प्रमुखको हैसियतले एसिया प्यासिफिक सम्मेलनमा सहभागी भएर मैले कुनै गल्ती गरेको छैन’ उनले भने, ‘गल्ती नै गरेको कामका कारण आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ ।’ हामीले यो समाचार राजधानी दैनिकबाट लिएका हौ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...