News Portal

सरकारले उपचार खर्चमा कानून विपरीत ४ करोड बाँडेको कांग्रेस नेता गगन थापाको आरोप

हिमाली संचार संवाददाता
४९९ पटक

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले उपचारका नाममा केही महिनायता कानून विपरीत ४ करोड रुपैयाँ बाँडेको आरोप लगाएका छन् ।

सोमबार संसदको शिक्षा स्वास्थ्य समितिको बैठकमा पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले सरकारले कानुन विपरित उपचारका नामका रकम बाँडेको भन्ने सूचनाका सन्दर्भमा समितिले जानकारी माग्नुपर्ने र त्यसबारे छलफल चलाउनुपर्ने बताए ।

‘मैले पाएको जानकारीमा केही महिनाभित्रमा सरकारले ४ करोड भन्दा बढी रकम बिभिन्न ब्यक्तिहरुलाई स्वास्थ्य उपचारका निम्ति भनेर दिएको छ’, थापाले भने, ‘सरकारले कुन ऐनमा टेकेर दिएको हो र को कोले प्राप्त गरे भन्ने कुरा चाहियो । यसबारे जानकारी मागेर थप छलफल अगाडि बढोस् भन्ने अनुरोध गर्न चाहन्छु ।

जनस्वास्थ्य ऐनअनुसार सरकारले कुनै पनि नेपाली नागरिकलाई विदेशमा उपचार गर्नका लागि पैसा दिन नपाउने प्रबन्ध रहेको उल्लेख गर्दै सांसद थापाले नेपालभित्रै उपचार खर्च दिने प्रचलनका निम्ति छुट्टै कार्यविधि रहेको बताए । उक्त कार्यविधिले कस्तो परिस्थितिमा, कस्ता ब्यक्तिलाई उपचार खर्च दिने भन्ने ब्यवस्था गरेको तर, उक्त कानुनी प्रवन्ध विपरीत सरकारले केही महिनाभित्र ४ करोड भन्दा बढी रकम बाँडेको आफूले जानकारी पाएको थापाले उल्लेख गरेका हुन् ।

‘हामीले एउटा जनस्वास्थ्य ऐनबाट सरकारले कुनै पनि नेपाली नागरिकलाई विदेशमा उपचार गर्नको लागि पैसा दिन नपाउने भनेर कानुनी प्रवन्ध गरेका छौं’, पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले भने, ‘नेपालभित्रै पनि उपचार खर्च भनेर दिने प्रचलन छ । त्यसका निम्ति स्वास्थ्य मन्त्रालयले बनाएको कार्यविधि छ । उक्त कार्यविधिले कस्तो परिस्थितिमा, कस्ता कस्ता ब्यक्तिलाई मात्रै दिने भनेर भन्छ । त्यो भन्दा बाहिर जान पाइदैन ।

समिति सभापति जयपुरी घर्तीले सरकारले त्यसरी रकम दिएको भए आवश्यक जानकारी लिएर अर्को बैठकमा छलफल गर्ने आश्वासन दिएकी छन् ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...