News Portal

इजरायलमा उत्कृष्ट केयरगिभर बनिन झापाकी जानु लम्साल, १० हजार शेकेल रकम पाईन पुरस्कार

हिमाली संचार संवाददाता
७२२ पटक

इजरायल : सधै जस्तो फलानी नेपाली केटीले वुढीलाई पिटी, तिलानाले वुढो कुट्यो र प्रहरीले समात्यो भन्ने दुखद समाचार सुन्दै आइरहेका हामी इजरायलवासी नेपालीहरुमा कहिलेकाहिं सुखद समाचारहरु पनि सुन्नमा आउने गर्दा रहेछन् ।

विगत एक दशक भन्दा वढी इजरायलमा रोजागारी गर्दै आउनुभएकी विर्तामोड झापाकी नेपाली चेली जानु लम्साल इजरायलमा रहेका सम्पूर्ण केयरगिभर कामदारहरुमा उत्कृष्ट कामदार भई ठूलो इजरायली नगद पुरस्कारबाट पुरस्कृत भएकी छिन । उनलाई १० हजार शेकेल (इजरायली मुद्रा) प्रदान गरिएको छ ।

गत २० नोभेम्वर मंगलवार इजरायली गैर सरकारी संस्था हिस्ताद्रुतले इजरायलमा कार्यरत सम्पूर्ण केयरगिभिर कामदारहरुबाट छनौट गरी उनलाई उत्कृष्ट केयरगिभरको उपमा दिदै शो राशी प्रदान गरिएको थियो । हिस्ताद्रुतले उत्कृष्ट चिकित्सक र उत्कृष्ट समाजसेवी पनि छनौट गरी पुरस्कार प्रदान गरेको थियो ।

विशेष गरी इजरायल सरकारले नेपाल, भारत, फिलिपिन्स, रसिया, थाइल्याण्ड, श्रृलंका, मोल्दोभा, कम्वोडिया लगायतका विभिन्न मुलुकहरुबाट केयरगिभकर कामदारहरु आयात गर्ने गर्दछ ।

हिस्ताद्रुतले विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा लामो समयदेखि राम्रो काम गर्दै आरहेका कामकाहरुको नामावली संकलन गरेको थियो जसमध्येबाट नेपाली चेली जानु लम्साल उत्कृष्ट घोषित भएकी थिइन ।

हिस्ताद्रुतले २४ डिसेम्वर सोमवार एख कार्यक्रमको आयोजना गरी उत्कृष्टहरुलाई ससम्मान सो पुरस्कार राशी प्रदान गरेको थियो ।

सन् १९२०मा  स्थापना गरिएको हिस्ताद्रुत इजरायलको सबैभन्दा पुरानो र ठूलो कामदारहरुको संगठन हो । जसले इजरायल देशको स्थापनाको निम्ती प्रमुख भुमिका खेल्दै आइरहेको हिस्ताद्रुतले कामदारहरुको हक अधिकारको निम्ती लागि पर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...