News Portal

प्रेम प्रस्ताव अस्वीकार गरेपछि शकुन्तला माथी छुरा प्रहार

हिमाली संचार संवाददाता
५४८ पटक

कृष्णउदास खनाल
वीरगन्ज : पर्साको पर्सागढी नगरपालिकामा वडा नं. १, बागवानाकी सकुन्तला कुमारी चौधरी सोमबार विहानै उठेर मुख धोइ खाजा खाएर कलेज तर्फ लागिन् ।

बिहानै कलेज लाग्ने भएकाले उनी हतार हतारमा बिद्यालय तर्फ भौंतारिदै गर्दा उनले सोच्दै नसोचेको घटना ब्यहार्न पर्‍यो । उनी कलेज जाने क्रममा उनीमाथि छुरा प्रहार भयो ।

पर्सागढी न.पा. २ मा रहेको श्री जनता उच्च मा.वि. बडनिहारमा कक्षा ११ मा अध्ययनरत छात्रा शकुन्तला माथी कलेज जाने क्रममा भटनी गाउँका राजेश चौधरीका २० बर्षिय छोरा राजकिशोर चौधरीले छुरा प्रहार गरेका हुन । राजकिशोरले राखेको प्रेम प्रस्ताव अस्वीकार गरे पछि शकुन्तला माथी छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

उनी एकतर्फी प्रेममा रहेको बताइएको छ । राजकिशोर शकुन्तलालाई पटक पटक प्रेम प्रस्ताव स्वीकार गर्न दवाव दिदै आएका थिए । छुरा प्रहराले घाइते भएकी सकुन्तलाको नेशनल मेडिकल क्लेज शिक्षण अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

छुरा प्रहारले शकुन्तलाको शरिरको विभिन्न भागमा चोट लागेको छ । छुरा प्रहार गर्ने राजकिशोरलाई प्रहरीले पक्राउ गरिआवश्यक कर्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

यता छुरा प्रहारको घटनामा संलग्नलाई हदै सम्मको कर्वाहीको माग गर्दै स्थनिय महिलाहरुले मानवा प्रहरी चौकी अगाडी प्रदर्शन गरेका छन् । आक्रोशिक महिलाहरुले मनवा प्रहरी चौकीको कम्पाउण्ड वाल समेत भत्कादिएका छन् ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...