News Portal

सरुवामा पर्दा आक्रोशित भए यी उपसचिव,  मेरो असिस्टेन्टलाई केपी ओलीले किन्देको हो ?

हिमाली संचार संवाददाता
४५८ पटक

काठमाडौं– सरुवामा परेको झोँकमा एक कर्मचारीले प्रधानमन्त्री र श्रम तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई खुलेआम चुनौति दिएका छन् ।
श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेम सञ्जेलले आफूलाई बिना कारण सरुवा गरिएको भन्दै प्रधानमन्त्री केपी ओली र मन्त्री गोकर्ण विष्टसमेतलाई चुनौति दिँदै आफूलाई चित्तबुझदो जवाफ दिनुपर्ने माग गरेका हुन् ।

सीप विकास कार्यालय इटहरीमा सरुवा भएपछि पत्रकार नै सम्मेलन गरेर उनले आफूलाई घुस्याहा चरित्र भएकाहरुको प्रभावमा परेर सरुवा गरिएको आरोप लगाए ।

‘मेरो घरमा साइकल छैन । मेरो असिस्टेन्टको कार कहाँबाट आयो ?’ आक्रोशित हुँदै पत्रकार सम्मेलनमा उनले भने, ‘केपी ओलीले किन्देको हो ? गोकर्ण विष्टले किन्देको हो ? मेरो सचिव महेश दाहालले किन्देको हो ?अनि मलाई सरुवा गरेको हो ? मलाई त्यसको थाहा चाहियो ।’

उनले आफूले घुसखोर र कामजोर कर्मचारीका साथै नेतादेखि व्यवसायीसम्मको हितमा काम नगर्दा सरुवा परेको पनि दाबी गरे ।   निमविपरित गरिएको सरुवा विरुद्ध अदालतमा जाने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...