News Portal

कांग्रेस हिन्दु राज्यको पक्षमा उभिदा नेकपालाई टाउको दुखाइ

हिमाली संचार संवाददाता
५२५ पटक

काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष दल कांग्रेस महासमितिको जारी बैठकमा हिन्दु राज्यको पक्षमा बहस सूरु भईरहेकोमा आपत्ति जनाएका छन् ।

शनिबार काठमाडौंमा ‘देश किन बनेन ?’ नामक पुस्तक बिमोचन गर्दै जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट पछि हटेको हो भने कांग्रेस समाप्त भएर जाने उनले चेतावनी दिए ।

अध्यक्ष दाहालले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानको मुल खम्बा रहेको उल्लेख गर्दै त्यसको एउटा खम्बा भत्काएर सिङ्गै घर भत्काउने दुस्साहस नगर्न कांग्रेस नेतृत्वलाई सचेत गराए । वर्तमान संविधानको ‘पिता’ ठान्ने कांग्रेसले पार्टीका तत्कालीन सभापति शुशिल कोइरालालाई ‘स्वर्ग’बाट ‘नर्क’मा झार्न हिन्दु राज्यको पक्षमा बहस सुरु गरेको अध्यक्ष दाहालको दाबी छ ।

दाहालले विपी कोइरालाले स्थापना गरेको कांग्रेसले हिन्दु राज्यको पक्षमा वकालत गर्न सुहाउँछ ? भनि प्रश्न पनि गरे । उनले विविधताले युक्त मुलुकमा राज्यले वा कुनै पनि पार्टीले एउटा धर्मको पक्षमा मात्रै वकालत गर्नु खतरनाक हुने तर्क समेत गरे ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...