News Portal

कतारको विकासमा नेपालीको ठूलो योगदान : राजदूत हेल

हिमाली संचार संवाददाता
६५४ पटक

दिनेश लुईटेल/काठमाडौं : नेपालका लागि कतारी राजदूत युसुफ विन अल हेलले कतारको विकासमा नेपालीको ठूलो योगदान रहेको बताएका छन्। विश्वको सबैभन्दा धेरैप्रति व्यक्ति आय भएको मुलुक कतारको प्रगतिमा नेपालीको महत्वपूर्ण भूमिका रहेको उनको भनाई छ।

सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्र कतारमा भौतिक संरचना निर्माण गर्न नेपालको ठुलो साथ र सहयोग रहेको भन्दै उनले कतारले पनि नेपालको विकासमा सघाउने प्रतिबद्धता जनाए। नागरिक न्युजसँग कुरा गर्दै राजदूत हेलले केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका बेला सुरक्षा तथा कृषिको क्षेत्रमा मिलेर अघि बढ्ने समझदारी भएको स्मरण गर्दै समझदारीले दुई देशको सम्बन्धमा नयाँ आयाम थपेको बताए।

‘नेपालीले कतार बनाउन सहयोग गरे, अब कतार नेपालको विकासमा सहयोगी बन्न चाहन्छ’, राजदूत हेलले भने। नेपालमा प्रचुर सम्भावना रहेको औल्याउँदै राजदूत हेलले भने, ‘पर्यटन, जलस्रोत, कृषि जस्ता थुप्रै क्षेत्रहरु छन् जहाँबाट नेपालले राम्रो आम्दानी गर्न सक्छ।’ वर्तमान सरकारलाई कतारको पूर्ण साथ र समर्थन रहेको उल्लेख गर्दै राजदूत हेलले विकासका निम्ति स्थिर सरकार आवश्यक रहेको र त्यस्तो सरकारलाई जनताले पनि साथ दिनुपर्ने बताए।

कतारले आप्रवासी कामदारको हक अधिकार र रक्षाका निम्ति थुप्रै कानुन परिमार्जन गरेको जानकारी दिँदै उनले नेपालले पनि आफूले विकासको बाटोमा अघि बढाउन केही कानुन परिमार्जन गर्न सुझाए।

कतार खुल्ला अर्थतन्त्र मुलुक भएको बताउँदै उनले कतारमा जो कसैले पनि लगानी गर्न सक्ने बताए। एक वर्षअघि छिमेकी मुलुकले लगाएको नाकाबन्दीको कुनै असर कतारलाई नपरेको उल्लेख गर्दै राजदूत हेलले कतार झन् आत्मनिर्भर र स्वतन्त्र मुलुक बनेको अनुभव सुनाए।

नेपाल आफ्नो दोस्रो घर जस्तै भएको अनुभव सुनाउँदै राजदूत हेलले कुराकानीका क्रममा नेपाली जनता र नेपाली संस्कृतिको खुलेर प्रशंसा गरे। ‘हरेक परिस्थितिसँग समान व्यवहार नै नेपालीको विशेषता भन्ने मैले यहाँ देख्न पाएँ’, नेपालीको प्रशंसामा उनले आफ्ना भनाई खर्चिए।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...