News Portal

  • कतारको विकासमा नेपालीको ठूलो योगदान : राजदूत हेल

    हिमाली संचार संवाददाता
    ५६१ पटक

    दिनेश लुईटेल/काठमाडौं : नेपालका लागि कतारी राजदूत युसुफ विन अल हेलले कतारको विकासमा नेपालीको ठूलो योगदान रहेको बताएका छन्। विश्वको सबैभन्दा धेरैप्रति व्यक्ति आय भएको मुलुक कतारको प्रगतिमा नेपालीको महत्वपूर्ण भूमिका रहेको उनको भनाई छ।

    सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्र कतारमा भौतिक संरचना निर्माण गर्न नेपालको ठुलो साथ र सहयोग रहेको भन्दै उनले कतारले पनि नेपालको विकासमा सघाउने प्रतिबद्धता जनाए। नागरिक न्युजसँग कुरा गर्दै राजदूत हेलले केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका बेला सुरक्षा तथा कृषिको क्षेत्रमा मिलेर अघि बढ्ने समझदारी भएको स्मरण गर्दै समझदारीले दुई देशको सम्बन्धमा नयाँ आयाम थपेको बताए।

    ‘नेपालीले कतार बनाउन सहयोग गरे, अब कतार नेपालको विकासमा सहयोगी बन्न चाहन्छ’, राजदूत हेलले भने। नेपालमा प्रचुर सम्भावना रहेको औल्याउँदै राजदूत हेलले भने, ‘पर्यटन, जलस्रोत, कृषि जस्ता थुप्रै क्षेत्रहरु छन् जहाँबाट नेपालले राम्रो आम्दानी गर्न सक्छ।’ वर्तमान सरकारलाई कतारको पूर्ण साथ र समर्थन रहेको उल्लेख गर्दै राजदूत हेलले विकासका निम्ति स्थिर सरकार आवश्यक रहेको र त्यस्तो सरकारलाई जनताले पनि साथ दिनुपर्ने बताए।

    कतारले आप्रवासी कामदारको हक अधिकार र रक्षाका निम्ति थुप्रै कानुन परिमार्जन गरेको जानकारी दिँदै उनले नेपालले पनि आफूले विकासको बाटोमा अघि बढाउन केही कानुन परिमार्जन गर्न सुझाए।

    कतार खुल्ला अर्थतन्त्र मुलुक भएको बताउँदै उनले कतारमा जो कसैले पनि लगानी गर्न सक्ने बताए। एक वर्षअघि छिमेकी मुलुकले लगाएको नाकाबन्दीको कुनै असर कतारलाई नपरेको उल्लेख गर्दै राजदूत हेलले कतार झन् आत्मनिर्भर र स्वतन्त्र मुलुक बनेको अनुभव सुनाए।

    नेपाल आफ्नो दोस्रो घर जस्तै भएको अनुभव सुनाउँदै राजदूत हेलले कुराकानीका क्रममा नेपाली जनता र नेपाली संस्कृतिको खुलेर प्रशंसा गरे। ‘हरेक परिस्थितिसँग समान व्यवहार नै नेपालीको विशेषता भन्ने मैले यहाँ देख्न पाएँ’, नेपालीको प्रशंसामा उनले आफ्ना भनाई खर्चिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...

    नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

    काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच...