आज : २०२६-११-२५, बुधबार

बिरामीको सेवामा सक्रिय चिकित्सकले नै दिए राजीनामा, रतुवामाई अस्पतालको व्यवस्थापनमाथि प्रश्न

मोरङ – रतुवामाई नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेम सागर गौतमले आफ्नो पदबाट राजीनामा दिएका छन् । अस्पतालमा विकसित पछिल्लो अवस्थाका कारण असुरक्षित र काम गर्ने सहज वातावरण नभएको र अस्पतालका कर्मचारी बाट समेत असहयोग बनेकाे भन्दै उनले राजीनामा बुझाएकाे स्राेतले जनाएको छ। उनलेे रतुवामाई नगरपालिकाका नगर प्रमुखलाई राजीनामा पत्रमा बुझाएका छन ।

अस्पतालमा सुरक्षित माहोल र काम गर्ने राम्रो अवस्था बनेपछि भने सुपरिटेन्डेन्टको रूपमा नभई परामर्शदाता चिकित्सका  रूपमा फेरि सेवा दिन इच्छुक रहेको उनले पत्रमा उल्लेख गरेको स्राेतले जनाएको छ । हेमसागर अस्पतालमा आएपछि उक्त अस्पतालको सेवा सुविधा समेत थप मजबुत बन्दै गएको र बिरामीहरूलाई पनि सेवा सुविधा प्राप्त रुपमा पाइरहेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार यसरी आफूले दिनरात खटेर जनताको सेवा गर्ने डाक्टरलाई कामकाजमा असहज गरेका व्यक्तिहरूको सही पहिचान गरी आवश्यक कारबाही गर्न समेत जोडदार माग गरेका छन् ।